default_image

8 years ago

February 26, 2018

आइ लिगमा किरणको टोलीको महत्वपूर्ण खेल

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसी हिरो इन्डियन लिगमा (आइ लिग) सोमबार ऐजावलको सामना गर्दैछ । आजको खेल भारतीय समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

फाइल तस्बिर

आइ लिग अन्तिम चरणमा पुग्दा उपाधि होड पनि रोचक बन्दै गएको छ । गत साता गुकोलम केरेलासँगको खेलमा १–० हारसँगै शीर्षस्थान उक्लनबाट बञ्चित भएको थियो । आजको खेल जित्न सके मिनेर्भा पुनः शीर्षस्थानमा उक्लनेछ । ऐजावल आइ-लिगको साविक विजेता पनि हो ।

मिनेर्भा १५ खेलमा २९ अंकसहित हाल तेस्रो स्थानमा छ । एक खेल बढी खेलेको दोस्रो स्थानको इष्ट बंगालको पनि समान २९ अंक छ । १७ खेल खेलेको निरोका ३१ अंकसहित शीर्षस्थानमा रहेको छ । १० टोलीको सहभागिता रहेको ऐजावल २१ अंकसहित छैटौं स्थानमा रहेको छ । किरण गएयता मिनेर्भाको यो सातौं खेल हो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.