default_image

8 years ago

February 27, 2018

नेयमार रियलविरुद्धको खेलमा फर्कने जिदानको आशा

147 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार चोटग्रस्त नेयमार च्याम्पियन्स लिगको अन्तिम १६को दोस्रो लेगमा फिट भएर फर्केने रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आशा व्यक्त गरेका छन् । रियल र पिएसजीबीच मार्च ७ मा दोस्रो लेग हुँदैछ ।

आइतबार लिग १ मा मार्सेविरिुद्धको खेलमा नेयमारको घुँडामा चोट लागेको थियो । पिएसजी ३–० ले जितेको खेलको ७७ औं मिनेटमा मार्सेको खेलाडीको ट्याकलमा घाइते भएका नेयमार स्ट्रेचरमा मैदान छोड्न बाध्य भए ।

नेयमारको चोट क्लबका लागि धक्का भएको उल्लेख गर्दै जिदानले सोमबार पत्रकार सम्मेलनमा भने, ‘म चाहन्छु हामीसँगको खेलमा नेयमार फर्किउन । कुनै पनि खेलाडी घाइते नहुन भन्ने मेरो चाहना हो । मलाई आशा छ उनी पूर्ण रुपमा ठिक भएर फर्कनेछन् । ‘

रियल टोलीका अवस्थाका बारेमा जिदानले थपे, ‘हाम्रो चोटग्रस्त खेलाडीका बारेमा नयाँ जानकारी केहि छैन । सबै तीन खेलाडी मैदानमा फर्कन मेहनत गरिरहेका छन् । अहिले नै तत्काल पहिलो रोजाइमा पर्ने सम्भावना छैन । हाम्रोमा नयाँ कुनै समस्या छैन ।’

रियलका कप्तान सर्जियो रामोसको प्रदर्शनलाई लिएर भइरहेको आलोचनाको बचाउमा जिदानले भने, ‘रामोस हाम्रो नेता हुन् । उनी हाम्रो कप्तान हुन् । जसले उनको खेललाई लिएर शंका गर्छन् तीनले उनलाई आदर गर्दैनन् । क्लबका हरेक व्यक्ति उनलाई माया गर्छन् ।’

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.