default_image

8 years ago

February 27, 2018

विमल सम्मिलित मोहन बगान इन्डियन एरोजसँग खेल्दै

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगरको टोली मोहन बगानले हिरो इन्डियन लिग (आइ लिग) मा मंगलबार इन्डियन एरोजको सामना गर्दैछ । खेल भारतीय समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।

१० टोलीको सहभागिता रहेको आइ लिग अन्तिम चरण तिर पुग्दा विमलको टोली मोहन बगान २४ अंकसहित चौथो स्थानमा छ । मोहन बगानले यो सिजन १५ खेल खेलिसकको छ । १६ खेल खेलेको नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङको टोली मिनेर्भा ३२ अंकसहित शीर्षस्थानमा छ ।

एक खेल बढी खेलेको निरोका ३१ अंकसहित दोस्रो र १६ खेलमा तेस्रो स्थानको इष्ट बंगालको २९ अंक छ । इन्डियन एरोज १५ अंकका साथ अंक तालिकाको पुछारमा छ । विमलले मौका नपाएको पछिल्लो खेलमा मोहन बगानले नेरोकालाई ३–२ ले हराएको थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.