8 years ago
February 28, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका महान खेलाडी राउल गोन्जालेजले जिनेदिन जिदानले क्लबको प्रशिक्षणमा निरन्तरता दिनुपर्ने बताएका छन् । स्पेनिस राउलको नजरमा जिदान रियलका लागि सहि प्रशिक्षक हुन् ।
ला लिगामा रियलले कमजोर प्रदर्शन गरेयता जिदानको आलोचना सुरु भएको थियो र उनी बर्खास्तमा पर्न सक्ने अनुमान गरिदै आएको छ । तर, लगातार दुई पटक रियललाई युरोपियन च्याम्पियन बनाएका जिदानको टोलीले च्याम्पियन्स लिगमा भने यो सिजनमा पनि उच्च प्रदर्शन गरिरहेको छ । पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा रियलले ३–१ को अग्रता लिएको छ । यी दुई टोलीबीचको दोस्रो लेग ७ मार्चमा हुँदैछ ।
राउलले भनेका छन्, ‘जिजु साच्चै अदभुत छन् । रियलका लागि उनी उत्कृष्ट प्रशिक्षक हुन् । हाी चाहान्छौं भविष्यमा पनि उनले निरन्तरता दिउन् । उनले पछिल्लो दुई वर्ष सफल नेतृत्व गरिसकेका छन् । दुई पटक च्याम्पियन्स लिग र एउटा ला लिगा उपाधि जिताएका छन् र भविष्यमा अझै उपाधि दिलाउने छन् ।’
राउलले क्रिस्टियानो रोनाल्डोको पक्षमा समेत मत जाहेर गरेका छन् । ‘उनी फुटबल इतिहासका उत्कृष्ट मध्येका एक खेलाडी हुन्,’ उनले भने,’ उनले हरेक खेल, हरेक सिजन गोल गरेका छन् । यो सिजन पनि उनले ३० गोल गरिसकेका छन् । उनी इतिहासका सफल खेलाडी मध्येका एक हुन् ।’
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]