8 years ago
February 27, 2018
पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मन (पिएसजी) का स्टार खेलाडी नेयमार चोटका कारण सम्भवत: दुई महिनाका लागि मैदान बाहिर हुने भएका छन् । नेयमार यहि साता मार्सेविरुद्धको खेलमा घाइते भएका थिए ।
नेयमारको एंकलमा चोटमा कारण उनलाई शल्यक्रिया चाहिने बताइएको छ । तर पिएसजी र ब्राजिल यस विषयमा विवादमा रहेको छ । पिएसजी अहिले नै नेयमारको शल्यक्रिया गर्न चाहँदैन किनभने मार्च ६ मा पिएसजीले च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेलमा रियलको सामना गर्दै छ ।
अर्को तर्फ ब्राजिल भने नेयमारलाई विश्वकपको लागि फिट भएको देख्न चाहन्छ र तुरुन्तै शल्यक्रिया गर्ने पक्षमा रहेको छ । नेयमारले अहिले शल्यक्रिया गरे उनी दुई महिनाका लागि मैदान बाहिर हुने छन् । उनी सम्भवत: विश्वकपको एक महिना अघि फिट हुने छन् ।
घरेलु लिगमा पिएसजी सहज स्थितिमा रहेको छ । पिएसजी दोस्रो स्थानमा रहेको मोनाको भन्दा १४ अंकले अगाडि रहेको छ । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा ३-१ ले पराजित भएको पिएसजी दोस्रो लेगमा नतिजा उल्टाउने होडमा रहेको छ । तर नेयमारको चोटले अब पिएसजीको पुनरागमन गर्ने आशा केहि कम भने पक्कै भएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]