default_image

8 years ago

February 28, 2018

पाँचथर फुटबल – जिल्ला भित्र चलायमान,बाहिर गुमनाम

197 views

0 Bookmark

दिपक बोहोरा
पाँचथर– पाँचथर जिल्ला फुटबल गतिविधिका हिसाबले चलायमान जिल्ला हो । बर्षमा दुइवटा ठूला गोल्डकप प्रतियोगिता आयोजना हुँदै आएको छ । फिदिम स्र्पोटिङ क्लबले आयोजना गर्ने फाल्गुनन्द गोल्डकपको यो वर्षसँगै नवौं संस्करण सम्पन्न भइसकेको छ । चैत अन्तिम सातामा पाँचथर क्लबले पाँचथर गोल्डकपको दोश्रो संस्करण आयोजना गर्ने तयारी सुरु गरिसकेको छ ।

नवौं फाल्गुनन्द गोल्डकप । फाइल तस्बिर

हिँउद लागे संगै पाँचथरका गाँउ गाँउमा फुटबलब प्रतियोगिता भइरहेका हुन्छन् । अहिले पनि हरेक महिना जस्तो फुटबल प्रतियोगिता भइरहेका छन् । वर्षमा दुई ठूला र थुप्रै साना प्रतियोगिता आयोजना गर्ने पाँचथर जिल्लाको फुटबलले जिल्ला बाहिर भने खासै हैसियत बनाउन सकेको छैन । टाढाका जिल्लामा हुने प्रतियोगितामा मात्र होइन नजिकका जिल्लामा आयोजना हुने क्लब स्तरीय फुटबलमा पनि स्तर नपुगेको भन्दै पाँचथरलाई सहभागी गराइदैन ।

छिमेकी जिल्लाहरु ताप्लेजुङ , इलाम , झापामा हरेक वर्ष ठूला प्रतियोगिता आयोजना हुन्छन्, तर त्यहाँ पाँचथरको उपस्थिति रहन्न । जिल्लामा चलायमान भएपनि जिल्ला बाहिर भने पाँचथरले फुटबलमार्फत परिचय बनाउन सकेको छैन । पुसमा भएको नवौं फाल्गुनन्द गोल्डकपमा आयोजक फिदिम स्र्पोटिङ क्लबले पहिलो खेलमा बिर्ता युनाइटेङ झापा संग ७–० को लज्जास्पद हार व्यहोरेको थियो ।

नवौं फाल्गुनन्द गोल्डकप । फाइल तस्बिर

जिल्लामा खेलाडी छनोट नै राम्रो हुन नसक्दा लज्जास्पद हार बेहोर्नु परेको जिल्लाको फुटबललाई नजिकबाट हेरिरहेकाहरु बताउँछन् । पूर्ण थेगिम भन्छन्, ‘राम्रालाई भन्दा हाम्रालाइ छनोट गर्दा समस्या सृजना भएको हो ।’ गाँउ गाँउमा प्रतिभावान फुटबल खेलाडी भए पनि सदरमुकाम फिदिमका खेलाडीले मात्र अवसर पाउँदा जिल्लाको फुटबल उठ्न नसकेको जिल्लाको फुटबललाई नजिकबाट नियालेका सगुन सुसाराको धारणा छ ।

पाँचथर जिल्ला फुटबल संघका नेतृत्वकर्ता भने केन्द्रले राम्रो सहयोग नगरेको कारण जिल्लाको फुटबल उठ्न नसकेको बताउँछन् । पाँचथरका नवनिर्वाचित अध्यक्ष सुजन नेम्बाङले जिल्लामा फुटबल विकासका लागि वजेटनै कम आउने गरेको अनुभव सुनाउँछन् । उनले भने, ‘नियमित प्रशिक्षण गराउने र खेलाडी उत्पादका लागि खर्च अभाव नै मुख्य बाधक हो ।’

महिला फुटबलको बिजोग
कुनै समय महिला फुटबलमा राष्ट्रिय स्तरमा परिचय बनाइसकेको पाँचथर पछिल्लो समयमा आएर भने कमजोर हुँदै गएको छ । गत वर्ष स्याङ्जामा भएको महिला लिगमा पाँचथर पहिलो चरणबाट अघि बढ्न सकेन । स्याङ्जामा पहिलो खेल रौतहट संग १५–० ले पराजित पाँचथर त्यसपछि धनकुटा सँग १–० ले र अन्तिम खेलमा स्याङ्जासँग १६–० को फराकिलो अन्तरमा पराजित भएको थियो । गत वर्ष पूर्वाञ्चलमै भएको सातौ राष्ट्रिय खेलकुदमा पनि पाँचथरको महिला टोलीको सहभागिता सहभागितामा मात्र सिमित रह्यो ।

२०५३ सालबाट महिलाका विभिन्न प्रतियोगितामा भाग लिन लाथेको पाँचथर जिल्ला त्यो समय निकै बलियो मानिन्थ्यो । २०६२ सालमा भएको राष्ट्रिय महिला फुटबल प्रतियोगितामा दोश्रो भएको पाँचथर २०६३ सालमा भएको अन्तर विद्यालय महिला फुटबल प्रतियोगिता विजेता बनेर फर्केको थियो । २०६५ मा काठमाडौंमा भएको पाँचौ राष्ट्रिय खेलकुदको सेमिफाइनल सम्म पुगेको पाँचथरको महिला फुटबलको अवस्था सहभागिता भन्दा माथि उठ्न सकेको छैन ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.