default_image

8 years ago

February 28, 2018

ला लिगामा रियल म्याड्रिड इस्पानियोलसँग पराजित

99 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगामा तालिकाको तेह्रौं स्थानमा रहेको इस्पानियोलसँग १-० ले पराजित भएको छ । घरेलु टोलीको जितमा जेरार्ड मोरेनोले इन्जुरी समयमा गोल गरेका थिए ।

रियलले आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएको थियो । सिजनमा खराब सुरुवात पश्चात रियल केहि खेलयता राम्रो लयमा देखिएको थियो । सो पराजय रियलको ८ खेलमा पहिलो थियो भने इस्पानियोलसँगको २३ खेलमा पनि पहिलो थियो ।

दुवै टोलीले खेलभरि केहि अवसरहरु पाउँदै खेलमा अग्रता लिन खोजे पनि सफल हुन सकेनन् । तर खेलको इन्जुरी समयमा इस्पानियोलका फरवार्ड मोरेनोले गोल गर्दै रियललाई निराश पारे । यो हार रियलको सिजनको पाँचौं हार हो । गत सिजन रियलले केवल ३ खेल गुमाएको थियो ।

यस हारसँगै रियल तेस्रो स्थानमा यथावत् छ तर यो साता चौथोमा झर्ने सम्भावना रहेको छ । रियलले यही आइतबार गेटाफेसँग आफ्नो घरेलु मैदानमा खेल्ने छ भने मार्च ६ मा पिएसजीसँग च्याम्पियन्स लिगको दोस्रो लेगमा प्रतिस्पर्धा गर्ने छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.