8 years ago
February 28, 2018
तेहरान (फिफा) – इरानका प्रशिक्षक कार्लोस क्विरोजले क्रिस्टियानो रोनाल्डो संसारको सबै भन्दा उत्कृष्ट खेलाडी हुन् तर मेस्सी यो संसारका नै नभएको बताएका छन् ।
रोनाल्डो र मेस्सीबीचको लामो समय देखिको तुलनामा क्विरोजले आफ्नो धारणा राखेका हुन् । ‘रोनाल्डो संसार कै सर्वोकृष्ट खेलाडी हुन्’ , क्विरोजले फिफासँगको अन्तर्वार्तामा बताए । ‘तर मेस्सी एक असाधारण खेलाडी हुन् र उनी यो संसार भन्दा बाहिरका हुन्’, उनले थपे ।
यसअघि म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडमा रोनाल्डोको प्रशिक्षकका रुपमा काम गरेका क्विरोजले मेस्सी मानवजातिको नरहेको बताए । ‘मेस्सी मानव नै हैनन् । मानवले मेस्सी जस्तो जादुई प्रदर्शन गर्न सक्दैनन् ।’ उनले थपे, ‘मेस्सी मनाव भएको प्रमाणित नभएसम्म उनलाई खेल्न प्रतिबन्ध लगाउनु पर्छ ।’ , क्विरोजले ठट्टा गरे ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]