default_image

8 years ago

February 28, 2018

एएफसी कपमा पर्सिजाको सहज जित, रोहितले पुरा समय खेले

90 views

0 Bookmark

जाकार्ता (एजेन्सी) – एएफसी कप अन्तर्गतको खेलमा रोहित चन्द सम्मेलित पर्सिजा जकार्ताले सिंगापुरको टामपाइन्स रोभर्सलाई ४-१ ले पराजित गरेको छ । पर्सिजाको जितमा नेपाली मिडफिल्डर रोहित चन्दले पुरा समय खेले ।

hat trick

ह्याट्रिक गर्ने सिमिक, तस्बिर: एएफसी

घरेलु मैदानको खेलमा क्रोसियाका फरवार्ड मार्को सिमिकले ह्याट्रिक गरे । खेलको १२ औं मिनेटमा उनको गोलमा पर्सिजाले अग्रता लिएको थियो । रिजाल्दी हेनाउसाले ४४ औं मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर गरे ।

जेमीले ४८ औं मिनेटमा दोहोरो पहेलो कार्ड पाएपछि पर्सिजा १० खेलाडीमा सिमित भएको थियो । सिमिकले ७४ औं मिनेटमा पर्सिजालाई तेस्रो गोल दिलाउँदै अग्रता बलियो बनाएपनि भ्रमणकारी टोलीका खैरुल अमरीले ७७ औं मिनेटमा गोल गरेका थिए । रोहितले रोभार्सका खेलाडीले दिएको क्रस हेड मार्फत क्लियर गर्न नसकेपछि पाएको बललाई हेड गर्दै अमरीले गोलमा परिणत गरेका थिए । तर सिमिकले ८६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेपछि पर्सिजाले सहज जित निकाल्न सफल भयो ।

समूह ‘एच’ मा रहेको पर्सिजाको दोस्रो खेलमा पहिलो जित हो । यसअघि मलेसियन सुपर लिगको विजेता जोहोर दरुल फुटबल क्लबसँग ३-० ले पराजित पर्सिजा समूहको तेस्रो स्थानमा छ । दोस्रो स्थानको जोहोर दरुलको पनि २ खेलमा १ जित छ । समूहको शिर्ष टोलीले सेमिफाइनलमा स्वतः स्थान पाउने छ भने तीन समूह (एफ जी र एच) मध्येको १ उपविजेताले पनि सेमिफाइनलमा स्थान पाउनेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.