8 years ago
March 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी हिरो आई-लिगमा नेपाली गोलकिपर किरण चेम्जोङ सम्मिलित मिनेर्भा पञ्जाब चेन्नाई सिटीसँग २-१ ले पराजित भएको छ ।
किरण यस खेलमा पनि सुरुवाती ११ मै परेका थिए । घरेलु टोली चेन्नाई सिटीले खेलको पाँचौं मिनेटमा माइकल सुसाइराजको गोलबाट अग्रता लिएको थियो । पञ्जाबका चेन्चो ग्येल्चेनले टोलीलाई बराबरी दिलाए पनि चेन्नाईका अलेक्जानडर राकिचले दोस्रो हाफमा गोल गर्दै जित सुनिश्चित पारे ।
सो खेल जितेमा पञ्जाब लिग उपाधि जित्ने निकै बलियो स्थितिमा हुन्थ्यो । पञ्जाब तालिकाको अग्रस्थानमा यथावत् छ तर उपाधि जित्न उसलाई अन्य टोलीहरुको नतिजाले पनि साथ दिनु पर्नेछ । पञ्जाबको १७ खेलबाट ३२ अंक रहेको छ । त्यस्तै १७ खेलमा नेरोकाको ३१ अंक छ भने इष्ट बेंगालको १६ खेलमा २९ अंक रहेको छ ।
सिजनको अन्तिम खेलमा मिनेर्भा पञ्जाबले मार्च ८ मा चर्चिल ब्रदर्सको सामना गर्नेछ । उपाधि जित्नका लागि पञ्जाबले सो खेल राम्रो अन्तरले जित्दै अरु नतिजा आफ्नो पक्ष्यमा जाने आशा गर्नु पर्ने हुन्छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]