default_image

8 years ago

March 3, 2018

आइ लिगमा विमलको टोली मोहन बगानको जित

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जारी हिरो आइ लिगमा नेपाली राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगर सम्मिलित मोहन बगानले चर्चिल ब्रदर्सलाई २-१ ले हराएको छ । मोहन बगानको जितमा विमल बेन्चमै सीमित रहे ।

पाहुना टोली मोहन बगानका लागि निखिल कदमले खेलको ५४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर चर्चिल ब्रदर्सका मन्डे ओसागिले ७४ औं मिनेटमा एक गोल फर्काउँदै खेल बराबरीमा ल्याए ।

तर घरेलु टोली खेलमा फर्केको दुई मिनेटमै मोहन बगानका अक्रम मोघ्राबिले निर्णायक गोल गरे । झिनो अग्रता भएका कारण मोहन बगानले खेलको अन्तिम तिर रक्षात्मक परिवर्तनहरु गरेकाले यस खेलमा विमलले खेल्ने अवसर नै पाएनन् ।

यो जितसँगै मोहन बगानको पनि गणितीय आधारमा उपाधि सम्भावना जीवित भएको छ । तेस्रो स्थानमा रहेको मोहन बगानको १७ खेलमा ३० अंक रहेको छ । त्यस्तै पहिलो स्थानमा रहेको मिनेर्भा पञ्जाबको सोहि खेलबाट ३२ अंक रहेको छ ।

मोहन बगानले मंगलबार गोकुलामसँग खेल्दै छ । उपाधि जित्न मोहन बगानले सो खेल जित्नै पर्छ भने अन्य खेलहरुको नतिजाले पनि टोलीलाई साथ दिनु पर्छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.