8 years ago
March 5, 2018
अमृत चिमरिया
हेटौंडा– तेस्रो मेयर कप फुटबल प्रतियोगितामा वडा नं १२ र वडा नं ११ विजयी भएका छन् । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा–४ स्थित लोकतान्त्रिक खेलकुद मैदान (हुप्रचौर) मा जारी प्रतियोगितामा सोमबार पहिलो खेलमा वडा नं १२ ले वडा नं ५ को रुद्रेश्वर फुटबल टोलीलाई २–१ ले हरायो ।
३७ औं मिनेटमा अशोक घलानको पेनाल्टी गोलबाट१२ नम्बरले अग्रता लिएको थियो । सोही टोलीका ५९ औं मिनेटमा सुरज पाख्रिनले गोल गर्दै अग्रता दोब्बर बनाए । रुद्रश्वरका लागि दोस्रो हाफमा प्राप्त पेनाल्टीलाई सञ्जिव अर्यालले सदुपयोग गर्न सकेनन् । यू–१४ का राष्ट्रिय खेलाडी समेत रहेका सञ्जिवको प्रहारलाई १२ नम्बरका गोलकिपरसुचन लोप्चनले रोके ।
६९ औं मिनेटमा रुद्रेश्वरका लागि एन्जल महर्जनले गोल गरेपनि टोलीको हार टरेन । १२ नम्बरका गोलकिपर सुचन म्यान अफ दी म्याछ घोषित भए र उनलाई भ्वाइस अफ यूथ चौकीटोलको १ हजार रुपैयाँ प्रदान गर्यो ।
दोस्रो खेलमा १४ नम्बर वडाको चुरेकालिका टोलाई १–० ले हराउँदै ११ नम्बर वडाको सहीद स्मारक टोली अघिल्लो चरणम पुगेको छ । ्प्रतिस्पर्धात्मक खेलको ४८ औं मिनेटमा अजय क्षेत्रीले गरेको गोलमा स्मारक टोली विजयी भएका थियो। अज खेलेको म्यान अफ दी म्याच घोषित भए र उनलाई भ्वाइस अफ यूथ चौकीटोलको १ हजार रुपैयाँ प्रदान गर्यो ।
प्रतियोगितामा मंगलबार ८ नम्बर वडा र १७ नम्बर वडाबीच पहिलो खेल हुनेछ । दोस्रो खेल १६ नम्बर वडा र १३ नम्बर वडाको बीचमा हुने बताइएको छ । २९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख ५० हजार तथा दोस्रो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले समान ७ हजार ५ सय रुपैंया प्राप्त गर्नेछन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]