8 years ago
March 6, 2018
पेरिस (एजेन्सी) – आज राति पार्क डेस प्रिन्सेसमा घरेलु टोली पिएसजी र साविक विजेता रियल म्याड्रिड च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा भिड्दै छन् । रियलले पहिलो लेग ३-१ ले जितेको थियो ।
पिएसजीले आफ्ना स्टार खेलाडी नेयमारलाई खुट्टामा चोटका कारण गुमाउने छ । उनको स्थान अर्जेन्टिनी वेंगर एन्जल डि मारियाले लिने छन् । त्यस्तै अर्का फरवार्ड किलियन बाप्पे पनि पूर्ण फिट छैनन् । उनी भने खेलमा सुरुवात गर्ने अपेक्षा गरिएको छ ।
अर्को तर्फ पाहुना टोली रियल म्याड्रिडका लागि उनका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो गेटाफे विरुद्धको दुई गोलबाट ताजै छन् । उनलाई करिम बेन्जेमा र ग्यारेथ बेलले साथ दिँदा रियलको ‘बीबीसी’ लाई सुरुवाती ११ मा देखिन सम्भावना धेरै छ ।
बेलको स्थानमा लुकास भाजक्वेज वा मार्को एसेन्सियोलाई पनि प्रशिक्षक जिनेदी जिदानले रोजाईमा राख्न सक्ने छन् । खेल आज राति १.३० बजे सुरु हुने छ ।
पिएसजी सम्भावित सुरुवाती ११:
एल्फोन्से एरिओला; लेभिन कुर्जावा, थियागो सिल्भा, मार्क्विनोस, ड्यानी एल्भेस; एड्रियन राबियोट, थियागो मोट्टा, मार्को भेराइटी; एन्जल डि मारिया, एडिन्सन काभानी, किलियन बाप्पे
रियल म्याड्रिड सुरुवाती ११:
केलर नाभास; ड्यानियल कार्जाभाल, राफायल भरान, सर्जियो रामोस, मार्सेलो; लुका मोड्रिच, क्यासेमोरो, टोनी क्रुस; ग्यारेथ बेल, करिम बेन्जेमा, क्रिस्टियानो रोनाल्डो
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]