default_image

8 years ago

March 7, 2018

लिभरपुल एग्रिगेटमा ५-० ले विजयी रहँदै क्वाटरफाइनल प्रवेश

108 views

0 Bookmark

लिभरपुल (एजेन्सी) – च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा गए राति इंग्लिस क्लब लिभरपुल पोर्चुगेली क्लब पोर्टोसँग गोल रहित बराबरी खेलेको छ ।

खेल बराबर भए पनि लिभरपुलले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित पार्न सफल भयो । लिभरपुलले पोर्टोकै घरेलु मैदानमा पहिलो लेगमा ५-० को फराकिलो जित दर्ता गरेको थियो ।

दोस्रो लेगको खेलमा लिभरपुलले आफ्ना स्टार मोहम्मद सालाहलाई बेन्चबाट सुरुवात गराए पनि दोस्रो हाफमा उनी मैदान प्रवेश गरेका थिए । लिभरपुलले थुप्रै आक्रमणको प्रयास गरेको थियो भने पोर्टोले पनि केहि प्रयास गरेको थियो ।

लिभरपुलका साडियो मानेको पहिलो हाफको प्रहार पोस्टमा लागेर फर्केको पनि थियो । अहिलेसम्म साविक विजेता रियल म्याड्रिड र लिभरपुलले अन्तिम ८ मा स्थान पक्का गरिसकेका छन् ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.