8 years ago
March 7, 2018
लण्डन (एजेन्सी) – आज राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेग अन्तर्गत इंग्लिस टोली टोटनह्याम हटस्परले इटालियन च्याम्पियन युभेन्टससँग लण्डनको वेम्ब्लीमा सामना गर्दै छ । सो खेल नेपाली समयअनुसार रातिको १.३० बजे सुरु हुने छ ।
पहिलो लेगमा टोटनह्यामले युभेन्टसको घरेलु मैदानमा १-१ को नतिजा निकालेको थियो । आज आफ्नै घरेलु मैदानमा टोटनह्यामले युभेन्टसलाई पराजित गर्दै अन्तिम ८ मा पुग्ने उद्देश्य लिएको छ । खेल गोलरहित बराबरीमा रोकिए पनि अवे गोलको नियममा टोटनह्याम छनोट हुने छ ।
टोटनह्यामका लागि मुख्य डिफेन्डर टोबी एल्डरवेरेल्ड घाइते छन् भने अर्का डिफेन्डर सर्ज अरियर प्रतिबन्धित छन् । अर्को तर्फ युभेन्टसका स्ट्राइकर गोन्जालो हिग्वाइन पूर्ण रुपमा फिट नभए पनि सुरुवात गर्ने सम्भावना रहेको छ ।
त्यस्तै अर्को इंग्लिस टोली म्यानचेस्टर सिटीले बासेलको सामना गर्दै छ । पहिलो लेगमा सिटीले ४-० को फराकिलो जित दर्ता गरेकाले घरेलु मैदानमा खेलिने यस खेललाई सिटीले केहि सहज रुपमा लिने पनि देखिन्छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]