default_image

8 years ago

March 8, 2018

किरण सम्मिलित मिनेर्भाको उपाधि जित्ने मौका, जान्नुहोस् कस्तो छ सम्भावना

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हिरो आइ-लिग अन्तर्गतको आज अन्तिम दिनमा नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित मिनेर्भा पञ्जाबलाई उपाधि जित्ने ठूलो अवसर रहेको छ । अन्तिम दिनसम्म पनि चार टोली उपाधि होडमा रहेकाले आजका खेलहरु निकै रोमाञ्चक हुने पक्का छ ।

मिनेर्भा पञ्जाबको १७ खेलमा ३२ अंक रहेको छ र आज मिनेर्भाले अन्तिम खेलमा चर्चिल ब्रदर्सको सामना आफ्नो घरेलु मैदानमा गर्ने छ । सो खेलमा जित हांसिल गर्न सके मिनेर्भाले उपाधि सुनिश्चित गर्ने छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको नेरोकाको ३१ अंक, तेस्रो स्थाको मोहन बगानको ३० अंक र चौथो स्थानमा रहेको इष्ट बेंगालको पनि ३० अंक रहेको छ । गणितीय हिसाबले यी चारै टोलीको उपाधि जित्ने सम्भावना रहेको छ ।आज नेरोका र इष्ट बेंगालसँग भिड्दै छ भने मोहन बगानले गोकुलामको सामना गर्ने छ ।

नेपाली राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगर सम्मिलित मोहन बगानको पनि उपाधि सम्भावना रहे पनि सो सम्भावना निकै झिनो छ । मोहन बगानले अन्तिम खेल बराबर खेल्यो अथवा हार्‍यो भने उसको उपाधि सम्भावना समाप्त हुने छ । त्यसैले मोहन बगानलाई उपाधि जित्न आफ्नो अन्तिम खेल जित्नै पर्छ । त्यस्तै मिनेर्भा आफ्नो खेलमा हार्नु पर्छ र इष्ट बेंगालले नेरोकासँग बराबरी खेल्नु पर्ने हुन्छ ।

मिनेर्भाले उपाधि जित्न के-के हुनु पर्छ?

– मिनेर्भाले आफ्नो अन्तिम खेलमा चर्चिल ब्रदर्सलाई जिते पुग्छ ।

– मिनेर्भाले आफ्नो अन्तिम खेल बराबरी खेले, मोहन बगान गोकुलमसँग हार्नु पर्छ । त्यस्तै नेरोका र इष्ट बेंगालले बराबरी खेल्नु पर्छ ।

– मिनेर्भाले आफ्नो अन्तिम खेल हारे, नेरोका र इष्ट बेंगालले बराबरी खेल्नु पर्छ भने मोहन बगानले गोकुलामलाई जित्नु हुँदैन ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.