8 years ago
March 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित मिनेर्भा पञ्जाबले हिरो आइलिग उपाधि जितेको छ । सिजनको फाइनल खेलमा चर्चिल ब्रदर्सलाई १-० ले हराउँदै मिनेर्भाले उपाधि सुनिश्चित गरेको हो ।
खेल सुरु हुनु अघि मिनेर्भासहित इष्ट बेंगाल, नेरोका र मोहन बगान उपाधि होडमा थिए । मिनेर्भाले जितेको खण्डमा उसले उपाधि जित्ने थियो र आफ्नो घरलु मैदानमा विलियम ओपोकुको गोलमा सो जित हांसिल गर्दै पहिलो आइ-लिग उपाधि जित्न सफल भयो । यस अन्तिम खेलमा किरणले पुरै ९० मिनेट खेल्दै टोलीका लागि क्लिन शिट सुनिश्चित गरेका थिए ।
त्यस्तै अन्य खेलहरुमा गोकुलामले मोहन बगानलाई १-१ को बराबरीमा रोक्यो । यस बराबरीसँगै मोहन बगान तालिकाको तेस्रो स्थानमा रह्यो । नेपाली राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगर यस खेलमा पनि अघिल्लो खेलजस्तै बेन्चमै सीमित रहे । यसैगरी नेरोकाले इष्ट बेंगालसँग १-१ को बराबरी खेल्दै दोस्रो स्थान हात पार्न सफल रह्यो भने इष्ट बेंगाल चौथोमा सीमित रह्यो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]