default_image

8 years ago

March 8, 2018

आर्मी झापा गोल्डकपको सेमिफाइनलमा, पुलिस पराजित

125 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद)– जर्ज प्रिन्स कार्कीको गोलमा नेपाल पुलिस क्लबलाई हराउँदै अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लब झापामा जारी तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडको डोमालाल राजबंशी रंगशालामा बुधबार भएको क्वार्टरफाइनलमा जर्ज प्रिन्सले ४३ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो ।

झापा गोल्डकपमा आर्मी (हरियो) र पुसिलबीचको प्रतिस्पर्धा । फोटो सौजन्य : एनएसजेएफ/झापा

पुलिसका रक्षक अजित भण्डारीले आर्मीका नवयुग श्रेष्ठलाई पेनाल्टी बक्स नजिकै फाउल हानेपछि प्राप्त फ्रिकिकमा जर्ज प्रिन्सले गोल गरेका थिए । अन्तिम चारको प्रतिस्पर्धामा आर्मी ले साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लबको सामना गर्नेछ ।   खेल अवधिभर पुलीसले आर्मीलाई दबावमा राखेको थियो । यद्यपी आक्रमण फितलो बन्दा पुलिसले गोलको खाता खोल्न सकेन ।

खेलको १४ औं मिनेटमा आर्मीका कप्तान भरत खवासले गरेको हेड पुलिसका गोलकिपर शत्रुघन चौधरीले पञ्च गरेर फर्काए । त्यस्तै खेलको १८औँ मिनेटमा पुलिसका दिनेश राजवंशीले प्mिलक गरेको बल फितलो हुँदा आर्मीका गोलकिपर विकेश कुथूले सजिलै रोके । २७औँ मिनेटमा आर्मीका निरकुमार राईले प्रहार पोष्टको केही माथिबाट बाहिरिएको थियो ।

३०औँ मिनेटमा पुलिसका रेजिन सुब्बाको हेड पनि बाहिरिएको थियो । ५९औँ मिनेटमा पुलिसले पेनाल्टी बक्स बाहिरिबाट पाएको फ्रिकिक आर्मीका रक्षकले गोललाइनबाट बचाएका थिए । ६५औँ मिनेटमा आर्मीका भरत पासमा जर्ज प्रिन्सले हेड गरेको बल पुलिसका गोलकिपर शत्रुघनले रोके । ८२औँ मिनेटमा पुलिसका अजित भण्डारीले गरेको हेड बल विकेशले जोगाए ।

लगत्तै पुलिसको अर्को प्रहार पनि विकेशले बचाउँदा पुलिसले बराबरी गर्ने अवसर गुमाएको थियो । खेलको अतिरिक्त समयमा पदम तामाङले पाएको अवसर गुमाउँदा आर्मी गोलअन्तर बढाउन चुकेको थियो ।म्यान अफ द म्याच आर्मीका जर्ज प्रिन्सले २५ हजार रुपैंयाँ प्राप्त गरे । पुरस्कार शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एसोसियट्सले उपलब्ध गराएको हो ।

खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा आर्मीका प्रशिक्षक चुनबहादुर थापाले आफ्ना केही खेलाडी घाइते भएका कारण अपेक्षित खेल पस्कन नसकेको बताए । ‘खेलमा जित निकाल्नु महत्वपुर्ण हुन्छ’, उनले भने, ‘पुलिससँगको जित हाम्रो लागि सहज हो । ‘ पुलिसका प्रशिक्षक अनन्त थापाले नयाँ टोली बनाउदै गएको हुनाले आजको प्रदर्शनमा अनुभवको कमी देखिएको बताए । खेलाडीले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार ब्यहोर्नु परेको उनको भनाइ थियो ।

यसैबीच, गोल्डकपका संस्थापक सदस्य फुर्वा लामा र अन्तर्राष्ट्रिय झापाली समाज अष्ट्रलियाका अध्यक्ष दिनेश पोखरेलको पहलमा गोल्डकपको दोस्रो पुरस्कार प्रायोजन गरिने भएको छ । गोल्डकप विजेताले नगद १२ लाख ५० हजार र उपविजेताले छ लाख पाउनेछ ।

झापा गोल्ड कपमा शुक्रबारको खेल
रमपम झापा ११ विरुद्ध थ्री स्टार क्लब

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.