8 years ago
March 8, 2018
दिपक न्यौपाने
बुटवल – आयोजक लाली रुपन्देही ११ ले २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सुदूरपश्चिम ११ लाई २–० ले हराउँदै रुपन्देही अघि बढेको हो । देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा रुपन्देहीलाई जित दिलाउन निशान लिम्बुले पहिलो हाफमै २ गोल गरेका थिए ।
सातौं मिनेटमा पहिलो गोल गरेको निशालले ४२ औं मिनेटमा दोस्रो गोल गरे । निशान नै खेलको म्यान अफ दी म्याच घोषित भए । रुपन्देही जिल्ला फुटबल संघले आयोजनामा १० टोलीको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले गरे ।
विश्वकर्माले खेलकुदको विकास विना समाजले प्रगति गर्न नसक्ने बताए । पूर्व खेलाडी नाताले पनि आफु खेलकुद विकासका लागि सक्दो सहयोग गर्ने तयार रहेको बताए ।
विजेताले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताको दोस्रो टोलीले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउने प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीले समान २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
तिलोत्तमा गोल्डकपमा शुक्रबारको खेल
फ्रेन्ड्स क्लबविरुद्ध कास्की ११
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]