8 years ago
March 8, 2018
सबिन शेर्मा
झापा – धुलाबारीको सनसाइन महिला फुटबल क्लबले तेस्रो झापा जिल्ला महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । खुदनाबारीको जुनतारा फुटबल क्लबलाई बिहीबार ४–० ले हराउँदै सनसाइन च्याम्पियन बनेको हो । झापा सुरुङ्गाको कनकाई क्याम्पसको मैदानमा भएको फाइनलमा मुना लावती र रोमा भुजेलले समान २ गोल गरे ।
मुनाले चौथो र ६० औं मिनेटमा गोल गरेकी थिइन् । मुनाको दुवै गोलमा रोमाको पास थियो । रोमा आफैले १० औं र २५ औं मिनेटमा गोल गरिन् । जुनताराका खेलाडीले गोल फर्काउने अवसर पाए पनि सफल भएनन् । सनसाइनकी मुना प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् र उनले ३ हजार रुपैयाँ प्राप्त गरिन् ।
६ गोल गरेकी आयोजक कनकाइ खेलकुद प्रतिष्ठानकी निर्मला राई उच्च गोलकर्ता बनिन् र उनले ५ हजार प्राप्त गरिन् । सनसाइनकी रञ्जु राजवंशी उत्कृष्ट गोलकिपर, सोही क्लबकी सुष्मिता चौधरी उत्कृष्ट रक्षक, रोमा भुजले उत्कृष्ट मिडफिल्ड र जुनतारकी कुसुम खतिवडा उत्कृष्ट फरवार्ड घोषित भइन् । उत्कृष्ट सबैले समान १ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको विजेता टोलीले ५५ हजार र दोस्रो टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्यो । कनकाई खेलकुद प्रतिष्ठानको आयोजना प्रतियोगिता फागुन १७ गतेबाट सुरु भएको थियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]