8 years ago
March 9, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीले यस सिजन टोलीमा आफ्नो पहिले भन्दा फरक भुमिका रहेको स्वीकारेका छन् । लियोनल मेस्सीले यस सिजन आफ्नो भुमिका पहिले जस्तो आक्रामक नभई खेलमा सन्तुलन ल्याउनतिर बढि रहेको बताएका छन् ।
मेस्सीले यस सिजन आफ्नो भुमिका मिडफिल्ड र फरवार्ड लाइनलाई जोड्ने रहेको खुलाएका छन् । त्यहि पनि मेस्सीले पर्याप्त गोल गर्दै अहिले टोलीमा नेयमारको कमी टोलीमा खड्किन दिएका छैनन् । नेयमार यसै सिजन बार्सिलोनाबाट पेरिस सेन्ट जर्मन प्रस्थान गरेका हुन् ।
सबै प्रतियोगितामा मेस्सीको ४१ खेलमा ३२ गोल तथा १६ असिस्ट रहेको छ । एट्लेटिको म्याड्रिडविरुद्ध आकर्षक फ्रि-किक प्रहार गर्दै उनले करियरको ६ सयौं गोल पनि पुरा गरेका थिए ।
“पहिले म बार्सिलोनाको आक्रमणको सबैभन्दा अगाडी हुन्थें । तर केहि समययता म केहि पछाडि खेल्न सुरु गरेको छु । तर ठिक ठाउँमा पुगेर गोल गर्ने विचार भने खेलको हरबखत ममा भई रहन्छ ,”मेस्सीले डेलिमेललाई बताएका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]