8 years ago
March 9, 2018
बिर्तामोड (हाम्रो खेलकुद) – आयोजक झापा ११ बिर्तामोडमा जारी रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । रुस्लान थ्री स्टार क्लबलाई शुक्रबार टाइब्रेकरमा ४–३ ले हराउँदै झापाले कम्तिमा ६ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । झापाले उपाधिका लागि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी वा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।
डोमालाल राजवंशी रंगशालामा निर्धारित ९० मिनेट गोल रहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो । झापाका लागि कर्ण लिम्बु, भुषण सुब्बा, कप्तान योगेश गुरुङ, र देबेन्द्र तामाङले गोल गरेका थिए । विश्वास श्रेष्ठको प्रहार थ्री स्टारका गोलकिपर एलन न्यौपानेले रोकेका थिए । थ्री स्टारका लागि रजिन धिमाले, विजय धिमाल र निराजन खड्काले गोल गरे ।सुनिल बल र बुद्ध चेम्जोङको प्रहार गोलपोष्टबाट बाहिरिएको थियो ।
खेलको ११ औं मिनेटमा थ्री स्टारका अजय मार्टिनको प्रहार पोष्टबारमा ठोकिएर बाहिरिएको थियो । ३० औ मिनेटमा झापाका बिशाल राइको कडा प्रहार थ्री स्टारका गोलकिपर न्यौपानेले बचाउ गरेका थिए । ६० औं मिनेटमा विशाल राइको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो । ६५ औं मिनेटमा थ्री स्टारका दिपक राइको प्रहार झापाका गोरकिपर किशोर गिरीले रोकेका थिए ।
६७ औं मिनेटमा गोलकिपर बीट भइसकेपछि थ्री स्टारका बुद्धले गरेको प्रहार झापाका डिफेन्डर दिलेन लोक्तामले गोललाईनबाट बचाएका थिए । ७५ औं मिनेटमा डि एरिया नजिकै पाएको पाएको फ्रि किकलाई थ्री स्टारका सुनिलले प्रहार गरेका थिए । सो प्रहार पोष्ट बार नजिकैबाट बाहिरिएको थियो । खेलको म्यान अफ द म्याच झापाका रक्षक देबेन्द्र तामाङ घोषित भए । उनले २५ हजार रुपैंया पुरस्कार पाए । सो पुरस्कार शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एसोसियट्सले उपलब्ध गराएको हो ।
झापाका प्रशिक्षक प्रवेश कटवालले खेलाडीले गरेको मेहेनतको फल पाएको बताए । उनले नेपालकै नम्बर १ टीमसँग खेलेर जित्नु सामान्य कुरा नभएको बताउँदै उनले दर्शकको समर्थन जितका लागि सहयोगी भएको बताए । झापाले ११ ले थालेको अनुबन्धनका कारण पनि उत्साहित भएर खेलाडीले प्रदर्शन गरेको उनले बताए ।
थ्री स्टारका प्रशिक्षक मेघराज केसीले झापा बलियो टोलीभएकाले पराजय ब्यहोरेको बताए । नियमित खेल खेलेकाले पनि तयारी गर्न नपाएका कारण आफ्नो क्लबले सोचेअनुसारको प्रदर्शन गर्न नसकेको बताए । खेल उत्कृष्ट भएको भएपनि समय अपुग भएकाले खेलाडी प्रेसरमा परेको उनले बताए ।
झापा गोल्डकपमा शनिबार दोस्रो सेमिफाइनल
मनाङविरुद्ध आर्मी
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]