default_image

8 years ago

March 10, 2018

च्याम्पियन्स लिगको सफलतापछि रियल ला लिगाको तयारीमा जुट्दै

99 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका अधिकांश खेलाडी मुस्कानसहित टोलीको अभ्यासमा जुटेका छन् । फ्रान्सको राजधानीमा च्याम्पियन्स लिगको दोस्रो गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई हराएपछि पहिलो पटक रियलका खेलाडी अभ्यासमा जुटेका हुन् ।

जिनेदिन जिदानको टोलीले पछिल्लो खेलमा २–१ को जित हासिल गरेपछि समग्रमा ५–२ को अग्रतासहित रियल च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको हो । च्याम्पियन्स लिगमा एक कदम अघि बढेपछि टोली पुनः ला लिगाको चुनौतिा लागि तयारीमा जुटेको छ ।

टोलीले शनिबार इबारको सामना गर्दैछ । ५४ अंकसहित रियल तेस्रो र इबार ३९ अंकसहित आठौं स्थानमा छ । शीर्षस्थानको बार्सिलोना भन्दा रियल १५ अंकले पछाडी छ । अभ्यासमा प्रशिक्षक जिदानका छोराबाहेक सबै सामेल थिए । जिदानका छोरा लुका चोटका कारण प्रशिक्षणमा सामेल भएनन् । क्रिस्टियानो रोनाल्डो, गेराथ बेल, मार्सेलो एकअर्कासँग ठट्टा गर्दै अभ्यासमा सामेल भएका थिए ।

त्यस्तै थियो हर्नान्डेज, मार्को एसेन्सियो, लुकास भाजक्योज र सर्जियो रामोस पनि उत्तिकै उत्साहका साथ प्रशिक्षणमा सामेल भए । ला लिगामा संघर्ष गरिरहेको रियलको सकारात्मक वातावरणले सफल नजिताको अपेक्षा प्रशिक्षक जिदानले राखेका छन् ।

इबार पछिल्लो समय उच्च प्रदर्शन गरिरहेको छ । रियललाई हराउन सके टोली अर्को सिजन युरोपाका लागि छनोट हुने सम्भावनाको सुचिमा हुनेछ । पछिल्लो पटक अक्टोबरमा यी दुई टोलीबीच भेट हुँदा रियल ३–० ले विजयी भएको थियो ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.