default_image

8 years ago

March 10, 2018

फ्रेन्ड्स तिलोत्तमा गोल्डकपको क्वार्टरफाइनलमा

142 views

0 Bookmark

बुटवल (हाम्रो खेलकुद)— ए डिभिजन टोली फ्रेन्ड्स बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । पोखरा ११ लाई शुत्रबार १–० ले हराउँदै फ्रेन्ड्स अन्तिम आठमा पुगेको हो ।

जोन जिलोरेले २९ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो ।पहिलो हाफमा फ्रेन्ड्सले खेलमा पकड बनायो । दोस्रो हाफमा पोखराले प्रदर्शनमा सुधार गरेपनि बराबरी गोल फर्कान सकेन । विजयी टोलीका साजन डंगोल खेलको म्यान अफ दी म्याच घोषित भएका थिए ।

रुपन्देही फुटवल संघको आयोजनामा जारी प्रतियोगितामा शनिबार पहिलो क्वार्टरफाइनल आयोजक लाली रुपन्देही ११ र नवलपरासी ११ बीच हुनेछ ।

तिलोत्तमा गोल्डकपमा शनिबार पहिलो क्वार्टरफाइनल
रुपन्देहीविरुद्ध नवलपरासी

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.