8 years ago
March 10, 2018
लण्डन (एजेन्सी) – बार्सिलोनाका कर्पोरेट डाईरेक्टर पन्चो श्रोडरका अनुसार मेस्सीको विशाल रिलिज क्लजले पनि अन्य क्लबहरुलाई टाढा नराख्ने डर क्लबमा रहेको स्वीकारेका छन् । बार्सिलोनासँग नयाँ सम्झौता अनुसार मेस्सीको रिलिज क्लज ७ सय मिलियन युरोको छ । उनी २०२१ को नभेम्बरसम्म क्लबसँग आबद्ध छन् ।

पन्चो श्रोडर
लण्डनमा सम्पन्न खेलकुद सम्मेलनमा बोल्दै श्रोडरले यसै समर विन्डोमा नेयमारको ट्रान्सफरसँगै, सरुवा बजारमा जस्तो पनि ‘आश्चर्य’ हुन सक्ने बताए, “हामीले मेस्सीसँगको नयाँ सम्झौता अनुसार उनी खेल जीवनको अन्त्यसम्म बार्सिलोनामा बस्ने हाम्रो विश्वास छ । नेयमारको रिलिज क्लजमा पनि हामी उनले बार्सिलोना नछाड्नेमा विश्वस्त थियौं । तर हामी गलत साबित भयौं ।”
उनले स्टार स्पोर्ट्सलाई बताए, “भविष्य हेर्न सकिन्न, त्यसैले पनि अहिलेको सरुवा बजार हेर्ने हो भने जे पनि हुन सक्छ “, श्रोडर मेस्सी खेल जीवनको अन्त्यसम्म बार्सिलोनामा बस्नेमा विश्वस्त देखिएनन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]