default_image

8 years ago

March 10, 2018

मध्यपुर ग्रासरुटको दुवै लिगमा नेक्सस च्याम्पियन

115 views

0 Bookmark

मध्यपुर (हाम्रो खेलकुद)– मध्यपुर ग्रासरुट होम एण्ड अवे फुटबल लिगको जुनियर र सिनियर दुवैतर्फ नेक्सस इन्टरनेसनल एकेडेमी च्याम्पियन बनेको छ । झन्डै १० महिना भन्दा लामो समय चलेको सप्ताहन्त लिगमा सिनियरतर्फ ८८ र जुनियरतर्फ ६७ अंकका साथ नेक्सस च्याम्पियन बनेको हो । दुवैतर्फ १६ टोलीको सहभागिता थियो भने हरेक टोलीले ३० खेल खेलेका थिए ।

झन्डै ५ सय खेलाडीले सहभागिता शनिबार सम्पन्न भएको लिगमा सिनियरतर्फ विनायक सैनिक शिक्षा निकेतन (७०) दोस्रो, ग्रासरुट फुटबल एकेडेमी (६७) तेस्रो र आदर्श जनप्रेमी उच्च मावि (६१) चौथो भएको थियो । सिनियरमा राजश्री गुरुकुल फेयर प्ले र ग्लाडस्टोन ऐकेडेमीले टिम स्पिरिड अवार्ड जितेको थियो ।

जुनियरतर्फ गोल्डेन सुनगाभा (६६) दोस्रो, भक्तपुर इङ्लिस स्कुल (५९) तेस्रो र ओम ज्ञान मन्दिर स्कुल (५८) चौथो भएको थियो । जुनियरमा एभरेष्ट पब्लिक ऐकेडेमीले फेयर प्ले टोली घोषित भयो । जुनियरमा नेक्सस युनिक राय उत्कृष्ट गोलकिपर, विनायक शिक्षा निकेतन सुदीप मगर उत्कृष्ट रक्षक, गोल्डेन सुनगाभा टंकराज बस्नेत उत्कृष्ट मिडफिल्ड, राजकानी गुरुकुलका करणदीप श्रेष्ठ उत्कृष्ट स्ट्राइकर, गोल्डेन सुनगाभाका युनियन बाटी उत्कृष्ट खेलाडी घोषित भए ।

छात्रातर्फ सीभीएमकी कृती लिम्बु उत्कृष्ट खेलाडी चुनिइन् । ग्लाडस्टोका मन्चन राना मगरले अप कमिङ प्लेयर, आयोजक मध्यपुर युथ एसोसिएसनका सफल राउतले मस्ट स्कीलफुल प्लेयर, ग्रासरुटका श्रीयन्स मानन्धरले स्पोर्टसम्यान अवार्ड, ओम ज्ञान मन्दिरका मन्जिल कुँवरले स्पिरिट अवार्ड, ग्रासरुटका प्रशान्त लिम्बुले मस्ट भर्सटाइल प्लेयर, ग्रासरुटकै तासी टोप्डेन शेर्पाले राइजिङ प्लेयर, भक्तपुरका अनमोल भण्डारीले मस्ट इर्नजेटिक प्लेयर अवार्ड जिते । राजेश श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए ।

सिनियरतर्फ विनायक शिक्षा निकेतनका पुष्पलाल मगर उत्कृष्ट गोलकिपर, मध्यपुरका प्रनय लामा उत्कृष्ट रक्षक, विनायकका रविन कुटु उत्कृष्ट मिडफिल्ड, नेक्ससका डिपलोप राई उत्कृष्ट स्ट्राइकर, नेक्सककै विवेक राई उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै भक्तपुरका राहुल श्रेष्ठले अप कमिङ प्लेयर, ग्रासरुटका जतिन बरालले मस्ट इर्नजेटिक प्लेयर,गोल्डेनका राजकुमार रायमाझी मस्ट इम्प्रुभ्ट ड्रिब्लर, आदर्श जनप्रेमीका सुगम खड्काले मस्ट स्किलफुल प्लेयर, ग्रासरुटका दिक्षान्त लिम्बुले स्पोर्टस्म्यानसिप अवार्ड प्राप्त गरे । विनायकका मनोज रञ्जित उत्कृष्ट प्रशिक्षक चुनिए ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्य सचिव केशवकुमार विष्ट, नेपाली राष्ट्रिय टोली टोलीका पूर्व कप्तान समेत रहेका मध्यपुरका अध्यक्ष उपेन्द्रमान सिंह, पूर्व कप्तान बालगोपाल महर्जन, हरि खड्का लगायतले विजेता, दोस्रो हुने टोलीलाई पुरस्कृत गरे ।

राखेप सदस्य सचिव विष्टले उपेन्द्रमान सिंहको नेतृत्वमा फुटबल विकासमा उदाहरणीय काम भएकोले यसलाई अखिल नेपाल फुटबल संघ र राखेपले अनुसरण गर्नुपर्नेमा जोड दिदै अर्को वर्षदेखि जुनियर लिगमा सघाउने वचन दिए । आयोजक मध्यपुरका अध्यक्ष सिंहले अर्को वर्ष पनि लिगले निरन्तरता पाउने बताए । पूर्व कप्तान खड्काले फुटबल विकासका लागि ग्रासरुट फुटबलमा ध्यान दिनुपर्नेमा जोड दिदै मध्यपुरलाई धन्यवाद दिए ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.