8 years ago
March 10, 2018
म्यानचेस्टर (एजेन्सी) – जारी प्रिमियर लिगमा तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले तेस्रो स्थानमा रहेको लिभरपुललाई २-१ ले हराएको छ । युनाइटेडको जितमा युवा फरवार्ड मार्कोस रासफोर्डले दुई गोल गरे ।
खेल सुरु भएको १४ औं मिनेटमै रासफोर्डले युनाइटेडलाई अग्रता दिलाए । सो गोलको १० मिनेटमै रासफोर्डले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
सामान्यतया आक्रामक देखिने लिभरपुल टोलीलाई जोसे मौरिन्होको युनाइटेडको रक्षापंक्तिले सावधानीपूर्वक रोक्न सफल भएको हो । तर युनाइटेडका डिफेन्डर एरिक बाईको गोलमार्फत लिभरपुलले दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन ।
यस जितसँगै युनाइटेडको ३० खेलमा ६५ अंक पुगेको छ । उत्तिकै खेलबाट ६० अंकसहित तेस्रो स्थानमा रहेको लिभरपुल यस साता टोटनह्यामले जिते चौथो स्थानमा पुग्ने छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]