default_image

8 years ago

March 11, 2018

मालागाविरुद्ध बार्सिलोना विजयी

102 views

0 Bookmark

मालागा (एजेन्सी) – जारी स्पेनिस ला लिगामा अग्रस्थानमा रहेको बार्सिलोनाले मालागालाई गए राति २-० को गोलअन्तरले हराएको छ । बार्सिलोनाको जितमा लुइस स्वारेज र फिलिप कौटिन्होले गोल गरे ।

Suarez

बार्सिलोनाले खेलको १५ औं मिनेटमा लुइस स्वारेजको गोलमार्फत खेलमा अग्रता लिएको थियो । त्यस्तै पहिलो हाफकै २८ औं मिनेटमा फिलिप कौटिन्होले बार्सिलोनाको अग्रता दोब्बर बनाउँदै जित सुनिश्चित गरेका थिए । ३० औं मिनेटमा मालागाका सामु गार्सियाले जोर्डि अल्बालाई गरेको ट्याकलमा रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

यस खेलमा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी पारिवारिक कारणले उपस्थित थिएनन् । यस जितसँगै २८ खेलमा बार्सिलोनाको ७२ अंक रहेको छ । दोस्रोमा रहेको र एक खेल कम खेलेको एट्लेटिको म्याड्रिडभन्दा बार्सिलोना ११ अंक अगाडि रहेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.