default_image

8 years ago

March 11, 2018

ला लिगामा यो सिजन धेरै गोल गर्ने खेलाडी

124 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – ला लिगामा अधिकांश क्लबहरुले २८ खेल खेल्दा अहिलेसम्म यो सिजनमा बार्सिलोनाका लियोनल मेस्सीले सर्वाधिक गोल गरेका छन् । हेरौं ला लिगामा यो सिजनमा अहिलेसम्म सबै भन्दा धेरै गोल गर्ने खेलाडीहरु ।

messi ronaldo suarez

१. लियोनल मेस्सी : बार्सिलोनाका लागि मेस्सीले यो सिजन २७ खेल खेल्दै २४ गोल गरेका छन् ।

२. लुइस स्वारेज : लिभरपुलका पूर्व स्ट्राइकर लुइस स्वारेजले बार्सिलोनाका लागि यो सिजन २५ खेलमा २१ गोल गरेका छन् ।

३. क्रिस्टियानो रोनाल्डो : यो सिजन खराब सुरुआत गरेपनि रोनाल्डोले आफ्नो लय समातेका छन् । चोट र प्रतिबन्धका कारण कम खेल खेलेका उनले यो सिजन रियलका लागि २२ खेलमा १८ गोल गरेका छन् ।

४. एन्टोनियो ग्रीजमान :ग्रीजमानले एथ्लेटिको म्याड्रिडका लागि यो सिजन २५ खेलमा १६ गोल गरेका छन् ।

५. आइगो आसपास : लिभरपुलमा चल्न नसकेका सेल्टा भिगोका स्ट्राइकर आसपासले २७ खेलमा १६ गोल गरेका छन् ।

६. क्रिस्थिएन स्तुआनी: गिरोनाका स्ट्राइकर स्तुआनीले २३ खेल खेल्दै १५ गोल गरेका छन् ।

मार्च १४ मा अपडेट गरिएको । 

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.