default_image

8 years ago

March 11, 2018

‘रोनाल्डो अर्को दुनियाँका खेलाडी हुन्’– जिदान

125 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले सुपर स्टार क्रिस्टियानो रोनाल्डोको प्रशंसा गरेका छन् । ३३ वर्षे रोनाल्डोको महत्वपूर्ण भूमिकामा शनिबार एबारलाई २–१ ले हराएपछि जिदानले उनको तारिफ गरेका हुन् । रियलको जितमा दुवै गोल रोनाल्डोले गरेका थिए ।

ronaldo goal

रोनाल्डोको पहिलो हाफको अग्रता दोस्रो हाफमा इभान रामिसले बराबरी गरेपनि रोनाल्डोले ८४ औं मिनेटमा गोल गर्दै रियलको जितको आधार बनाएका थिए । पछिल्लो सात खेलमा गोल गरेका रोनाल्डोको जिदानले निकै प्रशंसा गरे ।

‘रोनाल्डो अर्कै दुनियाँका हुन् । उनलाई गोल गर्दैछु भन्ने थाहा छ,’ जिदानले भने,‘ उनी असाधारण र विशेष छन् । उनको तथ्याङ्कले सबै बोल्छ । उनी सधै सकारात्मक छन् । उनी दुई गोल गरेपछि अर्कोको लागि पनि प्रयास गर्नेछन् । उनी साच्चै राम्रो छन् । ‘

जिदानले इस्को र ग्यारेथ बेलका बारेमा पनि सकारात्मक टिप्पणी गरेका छन् । यद्दपी उनीहरुले अपेक्षा अनुसार अझै प्रदर्शन गर्न बाँकी रहेको उनको बुझाई छ । ‘ मलाई लाग्छ उनीहरुले राम्रो गरिरहेका छन् । तर जति उनीहरुले गर्न सक्छन् त्यति भएको छैन,’ उनले थपे,‘ यद्दपी उनीहरुले आफ्नो तर्फबाट सक्दो कोशिस गरेका छन् । मोड्रिचले पनि राम्रो गरेका छन् । ’

शनिबारको जितपछि २८ खेलमा रियलको ५७ अंक पुगेको छ । अब टोली दोस्रो स्थानको एट्लेटिको म्याड्रिड भन्दा ४ अंकले पछाडी छ । रियलले कम्तीमा शीर्ष तीन भित्र यो सिजनको ला लिगा अन्त्य गर्ने सम्भावना बढाएको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.