8 years ago
March 11, 2018
दिपक न्यौपाने
बुटवल – तेज तामाङको गोलमा विजयी हुँदै नेपाल पुलिस क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई १–० ले हराउँदै पुलिस तिलोत्तमाको अन्तिम चारमा पुगेको हो । अब पुलिसले सेमिफाइनलमा आयोजक लाली रुपन्देही ११ को सामना गर्नेछ ।
देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलको ७२ औं मिनेटमा तेजले गोल गरेका थिए । तेजले पेनाल्टी बक्सको नजिकबाट गोल गरेका थिए । तेजनै खेलको म्यान अफ दी म्याच घोषित भएका थिए ।
पुलिसले यो सिजन दुई र एपिएफले एउटा उपाधि जितेका छन् । राखेप च्याम्पियनसिपमा स्वर्ण पदक जितेको पुलिसले पोखरामा आहा गोल्डकपको उपाधि जितेको थियो । एपिएफले केहि दिन अघि चितवनमा विकास रनिङ शिल्डको उपाधि जितेको थियो ।
तिलोत्तमा गोल्डकपमा सोमबारको क्वार्टरफाइनल
थ्री स्टारविरुद्ध फ्रेन्ड्स
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]