8 years ago
March 11, 2018
अमृत चिमरिया
हेटौंडा– कुष्माण्ड फुटबल टोली (वडा नं ९) र भुटनदेवी माता फुटबल टोली (वडा नं १०) बीच मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । भुटनदेवीले वडा नं १६ लाई ४–० र कुष्माण्डले बनस्खण्डी टोली (वडा नं २ ) लाई १–० ले हराउँदै फाइनल भेट पक्का गरेका हुन् ।

हेटौंडामा सञ्चालन भैरहेको मेयर कप फुटबल–२०७४ को उपाधिको लागि ९ नम्बर वडाको कुष्माण्ड फुटबल टिम र १० नम्बर वडाको भूटनदेवी माता फुटबल टिम भिड्ने भएको छ । आईतबार भएको सेमीफाइनल खेलमा भूटनदेवी टिमले १६ नम्बर वडालाई हराएको हो भने कुष्माण्ड टिमले २ नम्बर वडाको वनस्खण्डी टिमलाई हराउ“दै फाइनल भिडन्त पक्का गरेको हो ।
अमिर श्रेष्ठको जिमा कुष्माण्डको जित पक्का भएको थियो । अमिरले २१ औं मिनेटमा गोल गरेका थिए । अमिर नै खेलेको म्यान अफ दी म्याच घोषित भए र उनले भ्वाइस अफ युथ चौकी टोलबाट प्रायोजित १ हजार रुपैयाँ प्राप्त गरे ।
अर्को सेमिफाइनलमा भुटनदेवीले आठौं मिनेटमा सुरज विष्टको गोलबाट अग्रता लिएको थियो । त्यस्तै २४ औं मिनेटमा रिजन लामाले गोल गरे भने शुसान्त लामाले ५४ औं मिनेटमा गोल थपे । अन्तिम गोल सुमन छुमीले ७० औं मिनेटमा गरे । भुटनदेवीका विवेक गुरुङ खेलेको म्यान अफ दी म्याच घोषित भए । विवेकले भ्वाइस अफ युथ चौकी टोलले प्रायोजन गरेको १ हजार रुपैयाँ प्राप्त गरे ।
फाइनल मंगलबार हुनेछ । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालन भैरहेको प्रतियोगिताको विजेताले १ लाख ५० हजार र दोस्रो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट तथा विधागत उत्कृष्ट खेलाडी पनि छनोट हुनेछन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]