8 years ago
March 11, 2018
काँकरभिट्टा (हाम्रो खेलकुद) – नेपाल–इण्डो भेट्रान फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा आइतबार विर्तामोड भेट्रान फुटबल क्लब र भारतको राइनो डुवर्स भेट्रान फुटबल क्लब विजयी भएका छन् ।
पहिलो खेलमा विर्तामोडले सीबीसी भेट्रान फुटबल क्लब चन्द्रगढीलाई ५–१ ले हरायो । विर्तामोडका देवमान लिम्बुले पहिलो गोल गरे भने सिबिसिका अर्जुन राईले बराबरी गोल फर्काए । त्यसपछि सुवास सुब्बाले २ र केशवराज दाहाल १ गोल गरे । २ गोल गरेका सुवास खेलको म्यान अफ दी म्याच बने ।
आइतबारको अर्को खेलमा राइनोले एभरेष्ट भेट्रान फुटबल क्लब मोरङलाई १–० ले हरायो । राइनोका दिव्य ज्योति मुखर्जीले निर्णायक गोल गरेका दिए । दिव्य खेलको म्यान अफ दी म्याच घोषित भए । गर्दै आफ्नो टिमलाई विजयी बनाएका थिए ।
पहिलो खेलको म्यान अफ दी म्याच घोषित विर्तामोडका सुवास सुब्बा र दोस्रो खेलको म्यान अफ दी म्याच घोषित राइनोका दिव्य ज्योति मुखर्जीलाई पुरस्कार स्वरुप जनही २१ सय रुपैयाँसहित ट्रफि प्रदान गरिएको थियो । दुवै म्यान अफ दी म्याचले २ हजार १ सय रुपैयाँ प्राप्त गरे ।
मंगलबार पूर्वाञ्चल भेट्रान फुटबल क्लब र विराटनगरको बिन्दबासिनी भेट्रान फुटबल क्लव तथा धाइजन–चारआली भेट्रान फुटबल क्लब र दागापुर मनिङ भेट्रान फुटबल क्लव सिलिगुडी भारतबीच प्रतिस्पर्धा हुनेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]