8 years ago
March 11, 2018
दिपेन्द्र पोखरेल
काठमाडौं – राष्ट्रिय टोली र नेपाल पुलिसका भरपर्दा रक्षक रविन श्रेष्ठले झन्डै एक वर्षपछि फुटबल मैदानमा पुनरागमन गरेका छन् । बुटवलमा जारी तिलोत्तमा गोल्डकपमार्फत रविन मैदान फर्केका हुन् । अर्को विभागिय टोली एपिएफलाई आइतबार तिलोत्तमाको क्वार्टरफाइनलमा १–० ले हराउँदा रविन पुलिस टोलीका सदस्य थिए ।
गत वर्ष मार्च २८ मा एएफसी एसियन कप २०१९ को छनोट चरणमा फिलिपिन्स विरुद्धको खेलमा रविनलाई घुडाँमा चोट लागेको थियो । चार दिन अघि उनी पुलिसको प्रशिक्षणमा फर्केका थिए । भरपर्दा लेफ्ट ब्याक रविनले ओभरल्यापमा गएर क्रस गर्न माहिर मानिन्छन् । उनले आफ्नो जादु पुनरागमनको पहिलो खेलमा पनि देखाए ।
ओभरल्यापमा बाँया विङ्बाट उनले नै दिएको क्रसमा तेज तामाङले एपिएफविरुद्ध गोल गरे । त्यहि गोल निर्णायक बन्यो र पुलिस तिलोत्तमाको सेमिफाइनलमा पुग्न सफल भयो । रविनको क्रसलाई एपिएफका खेलाडीले हाफ क्लियर गरेपछि तेजले पाएको बललाई बक्स नजिकबाट गोलमा परिणत गरे ।
‘धेरै पछि मैदानमा फर्किदा निकै नै खुशी छु, शब्दमा ब्यक्त गर्न गाह्रो छ ,’ रविनले भने, ‘मलाई धेरैको सहयोग मिलेको छ, सबै प्रति म आभार व्यक्त गर्न चाहान्छु ।’ रविनले पुलिस क्लब र अखिल नेपाल फुटबल संघ (एन्फा) प्रति आभार व्यक्त गर्न छुटाएनन् ।
‘यो कठिन समयमा मलाई परिवारको पनि साथ् मिल्यो ,’ उनले थपे, ‘ग्रान्डी अस्पतालका डाक्टर चक्र राज पाण्डे , राजेश मानन्धर र यम खत्री लगायत फिजियोथेरापी टोली विशेष धन्यबाद दिन चाहान्छु ।’ रविनले रिकभरीको क्रममा कलकत्तामा इस्ट बंगाल फुटबल क्लबका फिटनेस ट्रेनर ग्रासियाबाट पनि सहयोग मिलेको बताए ।
चोट मुक्त हुन प्रयासरत रहँदा राष्ट्रिय टोली तथा इन्डानेसियन क्लब पर्सिजा जकार्ताका मिडफिल्डर रोहित चन्दले पनि सहयोग गरेको रविनले स्मरण गरे । ‘रोहितले पनि मलाई धेरै सहयोग गरको छ ,’ उनले थपे, ‘ग्राउण्ड रिहाबमा मद्दत गरेकोमा रोहितलाई धन्यवाद दिन चाहान्छु ।’ चोटका कारण झन्डै एक वर्ष मैदान बाहिर बसेका रोहितले गत वर्ष माघमा पुनरागमन गरेका थिए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]