8 years ago
March 12, 2018
लण्डन (एजेन्सी) – इंग्ल्यान्ड तथा टोटनह्यामका स्ट्राइकर ह्यारी केन गए राति बोर्नमथ विरुद्ध घाइते भएका छन् । खुट्टाको जोर्नीमा चोटका कारण उनलाई खेलको ३० औं मिनेटमा मैदानबाट बाहिर निकालिएको थियो ।
बोर्नमथका गोलकिपर अस्मिर बेगोभिचसँग भिड्दा केन घाइते हुन पुगेका थिए । केन बाहिरिंदा टोटनह्याम १-० ले हारिरहेको थियो । तर उनको अनुपस्थितिमा पनि टोटनह्यामले ४ गोल फर्काउँदै शानदार जित दर्ता गर्न सफल रह्यो ।
खेलपछि प्रिमियर लिगका पत्रकारसँग बोल्दै प्रशिक्षक मौरिसियो पचिटिनोले भने, “आशा गरौं कि यो गम्भीर चोट होइन । अहिलेसम्म केहि ठोस जानकारी आएको छैन त्यसैले हामी पनि प्रतिक्षा गरिरहेका छौ” ।”
टोटनह्याम यही शनिबार एफए कप अन्तर्गत स्वान्सीसँग भिड्दै छ । त्यस्तै यहि महिना इंग्ल्यान्डले नेदरल्यान्ड्स र इटालीको सामना गर्दै छ । टोटनह्याम र इंग्ल्यान्डका महत्त्वपूर्ण सदस्य रहेका केनले यस सिजन सबै प्रतियोगितामा युरोपमा सर्वाधिक ३५ गोल गरेका छन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]