8 years ago
March 12, 2018
बिर्तामोड (हाम्रो खेलकुद) – झापा गोल्डकपको फाइनल अन्तर्गत आज रमपम झापा ११ र त्रिभुवन आर्मी क्लब भिड्दै छन् । पहिलो हाफको अन्त्यसम्म दुवै टोलीले गोल गर्न सकेका छैनन् ।
झापाले खेलको तेस्रो मिनेटमै फ्रिकिक पाएको थियो । सो फ्रिकिकमा विश्वास श्रेष्ठको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाऊ गरेका थिए । त्यस्तै खेलको ३० औं मिनेटमा विश्वासको क्रसमा कर्ण लिम्बुको प्रयास बाहिरिएको थियो । आर्मीका भरत खवासले पहिलो हाफमा गरेको गोललाई रेफ्रिले अफसाइड दिएपछि खेलमा केहिबेर विवाद उत्पन्न पनि भएको थियो ।
झापा गोल्डकपमा यो घरेलु टोली रमपम झापा ११ को निरन्तर तेस्रो फाइनल हो भने आज आर्मी सिजनको सातौं उपाधिको खोजमा रहेको छ । झापा गोल्डकप मोफसलमा सर्वाधिक पुरस्कारको प्रतियोगिता हो । आजको विजेताले १२ लाख ५१ हजार पुरस्कार प्राप्त गर्ने छ भने उपविजेताले ६ लाख नगद प्राप्त गर्ने छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]