8 years ago
March 12, 2018
दिपक न्यौपाने
बुटवल – बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकपको क्वाटरफाइनलमा फ्रेन्ड्स क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ ले पाखा लगाउँदै रुस्लान थ्रीस्टारले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको छ ।
देविनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा सोमबार भएको रोमाञ्चक खेलमा फ्रेन्ड्सलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै थ्रीस्टारले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
खेलको पाँचौं मिनेटमा फ्रेन्ड्सका विदेशी खेलाडी जोनल ग्लोरीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । सुनिल श्रेष्ठको पासलाई सदुपयोग गर्दै ग्लोरीले गोल गरेका थिए । त्यस्तै खेलको २० औं मिनेटमा थ्रीस्टारका अजयी मार्टिन्सले निरज बस्नेतको फ्रिकिकमा हेडिङ गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
खेल बराबरीमा पुगेसँगै फ्रेन्ड्सका खेलाडी दबाबमा आएका थिए भने गोल गरेसँगै हौसिएको थ्रीस्टारले दोस्रो हाफमा अझ सुधारिएको खेल पस्किन सफल भयो । दोस्रो हाफको तेस्रो मिनेटमा नै सुसान श्रेष्ठले फ्रेन्ड्सका गोलरक्षक राजाबाबु थापाको गल्तीको फाइदा उठाउँदै गोल गरी टोलीलाई २–१ गोलको अग्रता दिलाए ।
तर खेलको ८५ औं मिनेटमा फ्रेन्ड्सका सेल्लीले दर्शनीय गोल गरी खेललाई पुन: बराबरीमा ल्याएका थिए । निर्धारित ९० मिनेटको समय २–२ को बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
थ्रीस्टारका निरज बस्नेत, बुद्ध चेम्जोङ्ग, कप्तान निराजन खड्का र विजय धिमाल पेनाल्टीमा चुकेनन् भने रेजिन धिमालको प्रहार गोलकिपर राजाबाबुले रोकेका थिए ।
खेलमा गोल गरेका सेल्ली पेनाल्टीमा भने चुकेका थिए । त्यस्तै वर्षात गुरुङ्ग, कुलदिप कार्की, जङ्गबु शेर्पाले आफ्नो प्रहार परिणत गर्दा सरोज योन्जन भने पेनाल्टीमा चुके । यसरी पेनाल्टीमा ४-३ को जितसँगै थ्रीस्टारले अन्तिमा चारमा आफ्नो स्थान पक्का गरेको हो ।
खेलमा थ्रीस्टारका गोलकिपर एलेन न्यौपाने ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद ११ हजार १ सय ११ तथा ट्रफीबाट पुरस्कृत भएका थिए ।मंगलबार अन्तिम क्वाटरफाईनलमा विभागीय टोली नेपाल आर्मीले मनाङ्ग मर्स्याङ्ग्दी क्लबको सामना गर्ने छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]