8 years ago
March 13, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका विवादस्पद स्ट्राइकर करिम बेन्जेमाको क्लबमा यो अन्तिम सिजन हुन सक्ने सम्भावना बढेको छ । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले अर्को सिजन सम्झौता नविकरण गर्न नचाहेका ६ खेलाडीमध्ये बेन्जेमा पनि रहेको बताइएकाले उनको यात्रा यहि सिजन सम्म मात्र रहने अनुमान गरिएको छ ।
समर्थकका बीचमा अलोकप्रिय बेन्जेमाको प्रदर्शन पनि खासै सन्तोषजनक हुन सकेको छैन । च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेनविरुद्धको खेलमा पनि उनको प्रदर्शन अपेक्षा अनुसार हुन नसकेपछि बेन्जेमाको भविष्यका विषमा फेरि चर्चा सुरु भएको बताइएको छ ।
यो सिजन सबै खाले प्रतियोगितामा गरि ८ गोल गरेका बेन्जेमाले ला लिगामा ४ गोल मात्र गर्न सकेका छन् । ला लिगाको साविक विजेता रहेको रियलको यो सिजन राम्रो हुन सकेको छैन । शीर्षस्थानको बार्सिलोनाभन्दा १५ अंकले पछि रहेको रियल शहरी प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिड भन्दा पनि पछाडी रहेको छ ।
अध्यक्ष पेरेज नयाँ सिजनमा युवा खेलाडीलाई क्लबमा ल्याउन चाहि रहेका छन् । आउने सिजन रियलले ठूलो रकम खेलाडीका लागि खर्च गर्ने अपेक्षा गरिएको छ । फ्रान्सेली बेन्जेमासहित ६ खेलाडी रियलले राख्न नचाहेको बुझिएको छ । नयाँ सिजनमा क्लबले रोबेर्टे लेवान्डोवस्की, हेरी केन, इडन हाजार्ड, माउरो मोहम्मद साहेल जस्ता खेलाडीलाई क्लब भित्राउन प्रयास गर्ने अनुमान गरिएको छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]