8 years ago
March 13, 2018
लन्डन (एजेन्सी)– लियोनल मेस्सीसहित पूर्व क्लब बार्सिलोनाका अन्य सहकर्मीको सामना गर्नका लागि चेल्सीका सेस्क फ्याब्रिग्यास उत्साहित भएका छन् । यद्दपी बार्सिलोनाविरुद्ध गोल गर्न सफल भएको खण्डमा खुसीयाली मनाउने वा नमाउने विषयमा भने उनले निर्णय गरेका छैनन् । फाब्रिगासले आफ्नो पुरानो क्लबविरुद्ध खेल्न कुनै समस्या नरहेको पनि बताएका छन् ।

“आर्सनलमा हुँदा पनि यस्तो भइसकेको छ । अहिले चेल्सीबाट हुँदैछ । यो दुवै अवसरमा मलाई खुसी लागेको छ,” उनले भने, “मलाई आफ्नो पुरानो क्लब र पुराना साथीसँगै खेल्न कुनै अप्ठेरो छैन । यसले म झन उत्साहित हुनेछु ।”
मेस्सीसँग खेल्ने विषयमा फाब्रिगासले भने, “म भाग्यमानी रहे भने पुरा खेल्न पाउनेछु । यदि खेल्न पाए भने मैदानमा अधिकांश समय हामी सँगै हुन सक्छौं । उनलाई रोक्न सहज हुने छैन । म आफ्नो तर्फबाट उनलाई असहज पार्न कोशिस गर्ने छु । जसले उनीहरुलाई राम्रो प्रदर्शन गर्न कठिन होस् ।”
एउटा प्रतिद्वन्द्वीका रुपमा मेस्सी जहिले पनि जित्न चाहने खेलाडीका रुपमा आफुले पाएको उल्लेख गर्दे फेब्रिगासले आफु पनि उनीसँग खेल्दा त्यस्तै हुन चाहेको बताए । “हामी अहिले फरक टोलीमा छौं । हरेक खेलाडी आफुले राम्रो गर्दै टोलीलाई जिताउन चाहन्छ,” उनले भने, “हामीले एकअर्काको सम्मान पनि गर्नुपर्दछ ।”
उनले पुरानो टोलीसँग खेल्दा बेग्लै अनुभव हुने पनि सुनाए । “म खुसीयाली मनाउन सक्दिन भन्दिन । तर पनि म खुसी हुने छु,” फ्याब्रिग्यासले थपे, “यस्तो मौका जीवनमा सधै आउदैन । म खेल्न चाहन्छु र मेरो पोजिसन केहि विशेष र फरक रहेकोबारे प्रशिक्षक एन्टोनियो कोन्टेले पनि जनाएका छन् । म खेल्न चाहन्छु र अहिले त्योबाहेक धेरै सोचेको छैन ।”
च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना र चेल्सी १–१ को बराबरीमा रोकिएका थिए । यद्दपी दोस्रो लेगमा बार्सिलोनालाई सम्भावना बढी भएको टोलीका रुपमा हेरिएको छ । यी दुईबीचको खेल बुधबार राति हुँदैछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]