8 years ago
March 13, 2018
युनाइटेड (एजेन्सी)– गोलकिपर डेभिड डे गेया युरोपियन च्याम्पियन रियल म्याड्रिड जाने सम्भावनामा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मौरिन्होलेले पुनः चिसो पानी खन्याईदिएका छन् । नयाँ गोलकिपरको खोजीमा रहेको रियल लामो समयदेखि डे गेयालाई भित्राउन इच्छुक छ ।
एक समय रियल र डे गेयाबीच सम्झौताको एकदमै सम्भावना रहँदा प्राविधक कारणले रोकिएको थियो । सन् २०१५ मा सुरुवा बजारको अन्तिम दिन फ्याक्स मेसिनले धोका दिदा सम्झौता हुन सकेको थिएन । त्यसपछि पछि रियलले उनलाई लाने बारम्बार प्रयास गरेको हो । नयाँ सिजनका लागि पनि क्लबले उनलाई भित्राउन प्रयास गरेको बताइएको छ ।
यद्दपी रियलका पूर्व प्रशिक्षक समेत रहेका मौरिन्होलेले सम्झौताको सम्भावना कम रहेको बताएका छन् । ‘मलाई लाग्छ उनी यहि रहनेछन् ।,’ उनले भने, ‘ यदि म त्यहाँ हुन्थे भने म अर्को खेलाडीको लागि प्रयास गर्थे ।’
रियलले अर्को खेलाडीका रुपमा चेल्सीका गोलकिपर थिबाउ कोर्टुवालाई लिन चाहेको बताइएको छ । अब मौरिन्होलेको भनाईले गोलकिपर सरुवामा कति प्रभाव पार्न सक्छ त्यो भने हेर्न बाँकी छ । सेभिल्लासँग च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेग अघि मौरिन्होलेले आफ्नो टोली च्याम्पियन्स लिगको दाबेदार नभएको बताएका छन् ।
उनले भने, ‘मलाई लाग्दैन हामी च्याम्पियन्स लिगका दाबेदार मध्येका हौं ।’ यी दुई टोलीबीचको पहिलो लेग गोलरहित बराबरीमा टुंगिएको थियो । घरेलु मैदानमा आज राती हुने खेलमा सहज जितका साथ युनाइटेड अघि बढ्ने अपेक्षा गरिएको छ । सेभिल्लाविरुद्धको पहिलो लेगमा गोलकिपर डे गेयाले उच्च प्रदर्शन गरेका थिए ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]