8 years ago
March 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – स्कलर्स होम एकेडेमीका खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै स्पेनमा आयोजना हुने डोनोष्टी कपअन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।
डोनोष्टी कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता यही जुलाई १ तारिख देखि ८ तारिखसम्म स्पेनको सनसेवेस्टायनमा हुदैछ । नेपालको प्रतिनिधित्व गर्दै स्कलर्स होम एकेडेमीको टिमले यु–१३ र यु–१४ पुरुष उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
डोनोष्टी कपमा पाँच महादेशका ५७ राष्ट्रबाट ५०० भन्दा बढी खेलाडीको सहभागिता रहनेछ । उक्त प्रतियोगितामा यु–१०, यु–११, यु–१२, यु–१३, यु–१४, यु–१५, यु–१६, यु–१७ र यु–१८ मा महिला र पुरुष दुवैमा स्पर्धा हुनेछ ।
१८ खेलाडी सहित २० सदस्यीय नेपाली टोली जुन ३० मा त्यसतर्फ प्रस्थान गर्नेछ । स्कलर्स होमको कप्तानी अनुज पौडेलले गर्नेछन् । प्रशिक्षकमा भरत लामा रहेका छन् ।
यस्तै नेपालका अति गरिब विद्यार्थीहरुको पाँच कोटा पनि रहेको स्कलर्स होम एकेडेमीका प्रिन्सिपल हरि नारायण उपाध्यायले बताए । प्रतियोगितामा लाग्ने सबै खर्च आयोजकले नै बेहोर्ने प्रिन्सिपल उपाध्यायले बताए ।
उनले खेलाडी छनोट क्षमता, रुचि र उमेर अनुसार खेलाडी छनोट गरिएको बताए । उनीहरुले विगत ८ महिना देखि निरन्तर प्रशिक्षण समेत गरेको उनले जानकारी गराए ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]