default_image

8 years ago

March 13, 2018

भुटनदेवीलाई मेयर कप फुटबल उपाधि

124 views

0 Bookmark

अमृत चिमरिया
हेटौंडा – हेटौडा वडा नम्बर १० को भुटनदेवी टोलीले मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हेटौंडा–४ स्थित हुप्रचौरमा मंगलबार भएको फाइनलमा वडा नम्बर ९ को कुष्माण्डलाई १–० ले हराउँदै भुटनदेवी च्याम्पियन बनेको हो ।

भुटनदेवी यसअघिको उपविजेता टोली हो । सुशान्त लामाले गरेको गोल भुटनदेवीलाई च्याम्पियन बनाउन पर्याप्त रह्यो । उनले खेलको ६० औं मिनेटमा गोल गरेका थिए । राष्ट्रिय खेलाडी रञ्जन बिष्टको पासमा सुशान्तले गोल गरेका हुन् । सुशान्त फाइनलको म्यान अफ दी म्याच घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे । भुटनदेवीले उपाधिसहित १ लाख ५० हजार कुष्माण्डले ७५ हजार रुपैयाँ प्राप्त गर्यो ।

कुष्माण्डका अमिर श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए र उनले १५ हजार रुपैयाँ प्राप्त गरे । कुष्माण्डका सचिन लामा उत्कृष्ट गोलकिपर, भुटनदेवीका मनोज बिष्ट उत्कृष्ट रक्षक, विवेक गुरुङ उत्कृष्ट मिडफिल्ड, वीके लामा उत्कृष्ट फरवार्ड र रुपक मगर उत्कृष्ट प्रशिक्षक घोषित भए । वडा नम्बर ३ का विजय दोङ सर्वाधिक गोलकर्ता घोषित भए । उत्कृष्ट सबै र प्रशिक्षकले समान ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

विजेता, उपविजेता टोलीलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मीना लाामा, जिल्ला खेलकुद विकास समिति मकवानपुर अध्यक्ष माधव तिमल्सिना, सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान अध्यक्ष भेष खड्गी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विकासराज खनाललगायतले पुरस्कृत गरे ।

हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरको समन्वयमा फागुन १९ गते देखि सुरु भएको भएको प्रतियोगितामा १९ वटा वडाको सहभागिता थियो । प्रतियोगितालाई हरेक वर्ष आयोजना गर्ने र पुरस्कार राशीमा पनि बृद्धि गर्दै लगिने आयोजकले जनाएका छन् । प्रतियोगिताको समापनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापालाई खेल क्षेत्रको प्रोत्साहनसंगै शान्ति सुरक्षामा विशेष सहयोग पु¥याएको भन्दै प्रशंसापत्र प्रदान गरिएको थियो ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.