default_image

8 years ago

March 13, 2018

‘नेयमार फर्कने सम्भावना छैन’ –बार्सिलोना

120 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– ला लिगाको शीर्ष टोली बार्सिलोनाको बोर्ड अफ डाइरेक्टरले टोलीका पूर्व स्टार नेयमारलाई पुनः क्लबमा ल्याउने कुनै सम्भावना नरहेको बताएको छ । सिजनको सुरुवातमा नेयमार बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका थिए ।

बार्सिलोना बोर्डका प्रवक्ता जोसेप भिभ्सले क्लबले नेयमारसँग पुनः सम्झौता गर्ने भन्ने विषय हल्ला मात्र भएको प्रष्ट पारेका छन् । नेयमार पिएसजीमा खुसी नरहेको उल्लेख नरहेको सुरुवातबाट चर्चा चल्दै आएको छ ।

उनले पछिल्लो पटक कुराकानीका क्रममा बार्सिलोनाका इभान राकटिक र फिलिप्पे काउटिन्होसँग पनि पिएसजीमा खुसी नरहेको बताएको जसका कारण उनी पुनः बार्सिलोना फर्कने चर्चा सुरु भएको थियो । नेयमार अहिले चोटमुक्त हुने प्रयासमा रहेका छन् ।

भिभ्सले पछिल्ला हल्लाका बारेमा भने, ‘नेयमार पुनः बार्सिलोना फर्कने भन्ने विषय हल्ला मात्र हो । ब्राजिलियन खेलाडीले क्लब छाडिसकेका छन्, उनी जाने बेलामा हामीले शुभकामना दिएका थियौं ।’

भिभ्सले थपे, ‘उनी गएयता त्यस्तो केही भएको छैन । कोही खेलाडीका बारेमा हुने अनुमानको बहसमा हामी पर्न चाहदैनौं ।’ यसैबीच, पिएसजीका अध्यक्ष नासिर अल खलिफा नेयमारलाई भेट्नका लागि ब्राजिल गएको बताइएको छ । यद्दपी क्लबले उनी व्यवसायिक र च्यारिटीका प्रायोजनका लागि ब्राजिल पुगेको बताएको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.