8 years ago
March 14, 2018
म्यानचेस्टर (एजेन्सी) – घरेलु मैदानमा भएको खेलमा सेभिल्लासँग १-२ ले पराजित भएपछि म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ । पहिलो लेग गोल रहित बराबरी पछि दोस्रो लेगमा युनाइटेड पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो ।
सेभिल्लाको विसम बेन येडरले दुवै गोल गरे । युनाइटेडका लागि रोमेलु लुकाकुले गोल गरेपनि त्यो अपुग रह्यो । सेभिल्लाले पहिलो हाफमा खेलमा नियन्त्रण राख्दै पोसेसनम राख्न सफल भएपनि गोल गर्न सकेन । सेभिल्लाले गोल गर्न १० प्रहार गरेपनि पहिलो हाफ गोल रहित रह्यो ।
दोस्रो हाफमा येडरले ७४ र ७८ मिनेटमा गोल गरेपछि भ्रमणकारी टोलीको जित सुनिश्चित भयो । लुकाकुले ८४ मिनेटमा १ गोल फर्काएपनि त्यो युनाइटेडलाई अपुग भयो ।
अन्य खेलमा रोमाले शाक्तार दोनेक्ट्सलाई १-० ले पराजित गर्यो । पहिलो लेगमा दोनेक्ट्सले २-१ को अग्रता लिएपछि १-० को जितसँगै २-२ को बराबरी भएपनि रोमा अवे गोलको आधारमा अर्को चरण पुग्न सफल भएको हो ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]