8 years ago
March 14, 2018
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिनु कुनै नौलो विषय नभएको प्रशिक्षक जोसे माउरिन्होले बताएका छन् । सेभियासँग मंगलबार २–१ ले पराजित हुँदै यनाइटेड च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।
विसमन बेन येडरले सेभियाका लागि २ गोल गरेको खेलमा घरेलु मैदानमा युनाइटेडका लागि रोमेलु लुकाकुले सान्त्वना गोल फर्काएका थिए । पहिलो लेग गोलरहित बराबरी र गए रातीको हारसँगै युनाइटेडको यात्रा टुंगिएको छ । मौरिन्होले यसअघिका उदाहरण पेश गरेका छन् ।
प्रशिक्षकका रुपमा सन् २००४ मा मौरिन्होको टोली पोर्टोले युनाइटेडलाई हराएको थियो । त्यस्तै उनकै प्रशिक्षणमा रहेको रियल म्याड्रिडले २०१२/१३ मा पनि युनाइटेडलाई हराएको थियो । युनाइटेडका तत्कालिन प्रशिक्षक सर एलेक्स फर्गुसनको क्लबमा त्यो अन्तिम सिजन थियो ।
५५ वर्षे पोर्चुगिज प्रशिक्षकले यसअघि पनि दुई पटक क्लबले यस्तो हार बेहोरिसकेको स्मरण गरे । ‘यसअघि म दुई पटक यो कुर्सीमा बसेको छु । पोर्टोसँग हुँदा युनाइटेड बाहिर भएको थियो । रियलसँग हुँदा पनि युनाइटेड बाहिरिएको थियो,’ उनले भने, ‘त्यसैले यो युनाइटेडका लागि नयाँ विषय होइन ।’
फर्गुसनको सन्यासपछि युनाइटेडलाई च्याम्पियन्स लिगको नकआउट चरणमा पुर्याउन नसक्ने दुई प्रशिक्षक मध्ये मौरिन्हो एक हुन् । लुइस भान गालले आफ्नो कार्यकालको दोस्रो सिजन टोलीलाई समूह चरण पार गराउन सकेका थिएनन् । फर्गुसनपछि डेभिड मोयसले भने टोलीलाई च्याम्पियन्स लिगमा पुर्याएका थिए ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]