8 years ago
March 14, 2018
बार्सिलोना (एजेन्सी)- गत हप्ता तेस्रो सन्तान जन्मिएका कारण नखेलेका स्टार खेलाडी मेस्सी र इन्जुरीका कारण मैदानबाट बाहिर रहेका आन्द्रेस इनीएस्टा आज हुने चेल्सी बिरुद्ध हुने च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेलको लागि टोलिमा समेटिएका छन् ।
ह्यामस्टिरिङ् इन्जुरीका कारण मैदानमा नदेखिएका भेट्रान खेलाडी आन्द्रेस इनीएस्टालाई कोच एर्नेस्टो भाल्भेर्डेले मार्च ४ पछि पहिलोपल्ट टोलिमा समेटेका छन् । उनि एटलेटीको मड्रीडविरुद्धको खेलमा घाइते भएका थिए ।
अगिल्लो हप्ता मेस्सीकि श्रीमतीले तेस्रो सन्तान किरोलाई जन्म दिएपछि स्टार खेलाडीले मालागासँगको खेल खेलेका थिएनन्। तर चेल्सीसँग भने उनले खेल्ने क्लबले जनाइसकेको छ।
यिनै दुई खेलाडीको आपसी तालमेलमा बार्साले पहिलो लेगमा चेल्सीविरुद्ध गोल गरेको थियो। १-१ को बराबरीमा अन्त्य भएको पहिलो लेगमा चेल्सीका लागि विलियानले गोल गरेका थिए।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]