8 years ago
March 14, 2018
बार्सिलोना (एजेन्सी) – आज राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोना र चेल्सी नु क्याम्पमा भिड्दै छन् । स्ट्यामफोर्ड ब्रिजमा खेलिएको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो ।
घरेलु लिगमा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले पारिवारिक कारणले मालागाविरुद्धको खेल गुमाएका थिए । आज भने मेस्सी पुन: बार्सिलोनाको अग्रपंक्ति सम्हाल्न टोलीमा फर्किने छन् । उनलाई लुइस स्वेरजले आक्रमणमा सघाउने छन् । बार्सिलोनाका लागि मिडफिल्डमा आज केहि समस्या देखिन सक्छ ।
आन्द्रेस इनिएस्टा खेल्ने निश्चित छैन भने अर्का मिडफिल्डर फिलिप कौटिन्हो च्याम्पियन्स लिगमा टोलीको हिस्सा हुन पाउने छैनन् । त्यसैगरी पौलिन्हो र उस्माने डेम्बेलेमध्ये एक खेलाडीले मिडफिल्डको दायाँतिर स्थान पाउने देखिएको छ ।
आजको खेलमा सम्भावित सुरुवाती ११ यस प्रकारको रहेको छ:
टेर स्टेन्गेन; जोर्डि अल्बा, सामुयल उम्टिटी, जेरार्ड पिके, सर्जि रोबर्टो; सर्जियो बुस्केट्स, इभान राकिटिच, पौलिन्हो, आन्द्रेस इनिएस्टा; लियोनल मेस्सी, लुइस स्वारेज
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]