default_image

8 years ago

March 14, 2018

बार्सिलोना विरुद्ध चेल्सीको सम्भावित ११

159 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – आज राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोना र चेल्सी नु क्याम्पमा भिड्दै छन् । स्ट्यामफोर्ड ब्रिजमा खेलिएको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो ।

hazard chelsea

 चेल्सीको अग्रपंक्ति केहि कम्जोर देखिएको छ । एल्भारो मोराटा र ओलिभियर जिरुडगरी दुई स्ट्राइकर भए पनि विंगर एडेन हाजार्डलाई अग्रपंक्तिमा खेलाउने सम्भावना रहेको छ । त्यसैगरी प्रशिक्षक एन्टोनियो कोन्टे द्यानी ड्रिन्कवाटर र सेस्क फ्याब्रिग्यासमध्ये कसलाई मिडफिल्डमा खेलाउने दोधारमा छन् । बार्सिलोना फ्याब्रिग्यासको पूर्व क्लब हो तर ड्रिन्कवाटर अलि पक्षात्मक खेलाडी भएकाले उनले नै टोलीमा स्थान पाउने अनुमान गरिएको छ ।

बार्सिलोना विरुद्ध पछिल्ला ९ खेलमा चेल्सी पराजित भएको छैन भने च्याम्पियन्स लिगको पछिल्लो ८ खेलमा बार्सिलोना पनि अपराजित रहेको छ । बार्सिलोनासँग एक ‘अवे’ गोलको फाइदा पनि रहेको छ । आजको खेल नेपाली समय अनुसार १.३० बजे सुरु हुने छ ।

आजको खेलमा सम्भावित सुरुवाती ११ यस प्रकारको रहेको छ:

थिबो कोर्टुवा; एन्टोनियो रुडिगर, आन्द्रेस क्रिस्टेनसन, डेभिड लुइज; मार्को अलोन्सो, भिक्टर मोजेज, एन्गोलो कान्टे, सेस्क फ्याब्रिग्यास; विलियन, पेड्रो, एडेन हाजार्ड

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.