default_image

8 years ago

March 15, 2018

यी हुन् च्याम्पियन्स लिग क्वाटरफाइनलमा पुग्न सफल ८ टोली

143 views

0 Bookmark

नियोम (एजेन्सी) – गए राति बार्सिलोनाले चेल्सीलाई ३-० तथा बायर्न म्युनिखले बेसिक्टासलाई ३-१ ले हराउँदै च्याम्पियन्स लिग क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित पारेका छन् ।

यस पटक अन्तिम ८ मा स्पेनबाट सर्वाधिक ३ टोलीहरुको प्रतिनिधित्व रहेको छ । त्यस्तै इंग्ल्यान्ड र इटालीबाट दुईदुई टोली क्वाटरफाइनलमा पुगेका छन् भने जर्मनीबाट १ टोलीले अन्तिम १६ मा प्रतिनिधित्व गर्दै छन् । यस सिजन फ्रान्सबाट कुनै टोलीले अन्तिम ८ मा स्थान बनाउन सकेन । च्याम्पियन्स लिगको क्वाटरफाइनलका लागि ड्र शुक्रबार नेपाली समय अनुसार बेलुका ४.४५ बजे हुने छ ।

यस वर्ष क्वाटरफाइनलमा पुग्न सफल टोलीहरु यी हुन्:

१. रियल म्याड्रिड
राष्ट्र: स्पेन
अन्तिम १६ नतिजा: पिएसजी विरुद्ध समग्रमा ५-२ ले विजयी

२ लिभरपुल
राष्ट्र: इंग्ल्यान्ड
अन्तिम १६ नतिजा: पोर्टो विरुद्ध समग्रमा ५-० ले विजयी

३ युभेन्टस
राष्ट्र: इटाली
अन्तिम १६ नतिजा: टोटनह्याम विरुद्ध समग्रमा ४-३ ले विजयी

४. म्यानचेस्टर सिटी
राष्ट्र: इंग्ल्यान्ड
अन्तिम १६ नतिजा: बासेलविरुद्ध समग्रमा ५-२ ले विजयी

५. रोमा
राष्ट्र: इटाली
अन्तिम १६ नतिजा: शाक्तार दोनेस्क विरुद्ध समग्रमा २-२, अवे गोलमा विजयी

६. सेभिया
राष्ट्र: स्पेन
अन्तिम १६ नतिजा: म्यानचेस्टर युनाइटेड विरुद्ध समग्रमा २-१ ले विजयी

७. बायर्न म्युनिख
राष्ट्र: जर्मनी
अन्तिम १६ नतिजा: बेसिक्टास विरुद्ध समग्रमा ८-१ ले विजयी

८. बार्सिलोना
राष्ट्र: स्पेन
अन्तिम १६ नतिजा: चेल्सीविरुद्ध समग्रमा ४-१ ले विजयी

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.