8 years ago
March 15, 2018
दिपक न्यौपाने
बुटवल – लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्ग्दी क्लबलाई २-१ ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
तस्बिर : मनोज थापा
यो वर्ष थ्री स्टारसँगको तेस्रो भेटमा मनाङ तीन पटक नै पराजित भएको हो । माघ १३ गते मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलेका यी दुई टोलीको त्यसपछि चितवनमा भेट भएको थियो ।
डेढ वर्षपछि घरेलु फुटबलमा पुनरागमन गरेको थ्री स्टार क्लबको यो छैटौं फाइनल हुनेछ । यसघि ५ फाइनल खेलेको थ्री स्टारले २ मा उपाधि जित्न सफल भएको थियो ।
थ्री स्टारको जितमा बुद्ध चेम्जोङ र निराजन खड्काले गोल गरेका थिए । मनाङका लागि फ्लोरेन्टले २३ औं मिनेटमा हेड मार्फत गोल गर्दै अग्रता दिलाएपनि बुद्धले केहि बेरमा थ्री स्टारका लागि बराबरी गोल गरेका थिए । बुद्धको २४ औं मिनेटको हाफ भलीले मनाङका गोल किपर बिशाल श्रेष्ठलाई बिट गर्यो ।
थ्री स्टारले ३९ औं मिनेटमा कप्तान निराजन खड्काको गोल मार्फत अग्रता लियो । रेजिन धिमालको क्रसमा निराजनले हेडबाट गोल गरेका थिए ।
दोस्रो हाफमा गोल गर्ने प्रयास गरेपनि मनाङले केही सुवर्ण अवसरहरु गुमायो । खेलको ७७ औं मिनेटमा विमल राणाले ६ यार्ड बक्स नजिकबाट गोल गर्ने अवसर पाएपनि उनको प्रहारले थ्री स्टारका किपर एलेन न्यौपानेलाई बिट गर्न सकेन । त्यस्तै ८८ औं मिनेटमा विशाल राईले प्रहार गरेको फ्री किक पोस्ट माथिबाट बाहिरिएपछि थ्री स्टारको जित पक्का भएको हो ।
थ्री स्टारले शनिबार फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा पुलिसले आयोजक लाली रुपन्देही ११ लाई सडन डेथमा हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]